© २०२३
गढवा, १७ मंसिर ।
दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव आइतबार गढवामा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राम यादवको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षित बर्ग बिदेश पलायनको डरलाग्दो अवस्था भएको बताउदै उच्च शिक्षाको लागि स्वदेशमै वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए । अथक प्रयासको बाबजुद पनि पछिल्लो समयका नतिजाहरु निराशाजनक आएको बताउदै गुणस्तरीय शिक्षामा जोडदिन आवश्यक रहेको उनले बताए ।
बिद्यालयका प्रिन्सिपल बसन्तराज भट्टराईले बिद्यालयको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अनाथ तथा द्वन्द्वपिडितबाट एक एक जना पूर्ण निशुल्क छात्रवृत्तिमा कक्षा नर्सरी देखि कक्षा १२ सम्मको पठनपाठन गराएको जानकारी दिए । साथै आंशिक निशुल्क विद्यार्थीहरु ७१ जना रहेको जानकारी गराउँदै शैक्षिक जेहन्दार्तर्फ पूर्ण निशुल्क छात्रवृत्ति १ सय १२ जनलो पठनपाठन गरिरहेको जानकारी दिए ।
त्यस्तै विद्यालयमा लेखा उपसमिति समेत गठन भएको कम्प्युटर ल्याव सञ्चालनमा रहेको र विज्ञान प्रयोगशालाको स्तरोन्नती गरेको जानकारी दिए । हाल विद्यालयमा १ हजार १ सय ५६ विद्यार्थी अध्ययनरत रहेको उनले बताए ।
विद्यालयबाट २०६२ सालदेखि २०७२ साल सम्मको एसएलसीमा २५ जना विद्यार्थी विशिष्ट श्रेणी, १ सय ५४ जना प्रथम श्रेणी, १ सय ५ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् । त्यसैगरी २०७३ साल यता एसइइमा ५६ जना ए प्लस, १ सय ८ जना ए, १ सय १५ जना बि प्लस, ६१ जना बि, २८ जना सि प्लस र १३ जना सि नतिजा ल्याउ सफल भएको प्रिन्सिपल भट्टराईले प्रतिबेदनमा प्रस्तुत गरेका छन् । त्यसैगरी शैक्षिक सत्र २०७९ को एसइइको परिक्षामा बुध्द ज्योति माध्यमिक विद्यालयका निष्मा यादव र उपासना आले देउखुरी उपत्यका प्रथम भएको जानकारी गराए ।
बार्षिकोत्सव समारोहमा नेपाल सरकारका स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरी, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले, वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापा, प्याव्सन दाङका सल्लाहकार तथा सनलाईट माध्यमिक बिद्यालय लमहीका प्राचार्य रेशम बहादुर बुढा, प्याव्सन दाङका उपाध्यक्ष बिकास रजौरे, गोर्खा माध्यमिक बिद्यालय लमहीका प्रिन्सिपल लोकमान रिजाल, ज्योतिषमति बिद्यापिठ लमहीका प्रिन्सीपल नारायण भुसाल, एन प्याव्सन गढवाका अध्यक्ष निर्मल रावत, विद्यालयका प्रवन्ध निर्देशक मोहन कुमार पाण्डे, शिक्षिका मञ्जु पौडेल, प्रतिष्ठा एकेडमी कालाकाटेका प्रिन्सिपल दिपक पोख्रेल र शिक्षाप्रेमी समाजसेवी तेजप्रसाद न्यौपाने तथा बिद्यार्थी दर्शना यादव लगायतले बोलेका थिए ।
कार्यक्रममा बर्षभरीको पठन–पाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने बर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो ।