© २०२३
काठमाडौं, १७ मंसिर । भैरहवास्थित गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज नियमित सन्चालन गर्न गराउन माग गर्दै नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट नाट्टा लुम्बिनी प्रदेशको एक प्रतिनिधि मन्डलले बायुसेवा निगममा ज्ञापन पत्र बुझाएको छ ।
नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारि र पुर्व अध्यक्ष सन्जिव जोशिको नेतृत्वमा काठमाडौं आएको एक प्रतिनिधि मन्डलले नेपाल बायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतिलाई ज्ञापनपत्र बुझाउदै जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेका थिए ।
बायुसेवा निगम सकारात्मक छ, सरकारले केही सहजिकरण गरेमा हामी सन्चालनमा लाग्छौ भन्दै नायब महाप्रबन्धक कालाखेतिले भने हामिसँग चारवटा जहाज छ,यसैले केही समस्या भएको हो । तर ब्यवसायिले चासो राखेमा हामी जहाज उडान पहल गर्छौ ।ू
४३ अर्ब भन्दा बढि लगानि गरेको भैरहवा विमानस्थलमा नेपाल बायुसेवा निगमले भैरहवा-काठमाडौं र भैरहवा – दिल्लि उडान गरेमा फुल बुकिङ गराउन सिङ्गो नाट्टा र ट्राभल्स ब्यवसायि लागिपर्ने बताए ।
भैरहवाबाट बुद्ध , यति, श्री एअरलायन्सका गरि १५ वटा जहाज उडान भरिरहेको बेला नेपाल बायुसेवा निगमले पनि सन्चालन भए जहाज सिट फुल बनाउन सहयोग गर्ने पुर्व अध्यक्ष सन्जिव जोशिले सो असरमा प्रतिबद्धता जााएका छन् ।
पर्यटन ब्यवसायि अधिकारी र जोशिको नेतृत्वको प्रतिनिधि मन्डलमा नाट्टा लुम्बिनीका उपाध्यक्ष कुलचन्द्र पान्डे, महासचिव अन्जन श्रेष्ठ, नवलपरासि च्याप्टर अध्यक्ष भोला पराजुलि, नाट्टा कार्यसमिति सदस्य बरुण ज्ञवाली र प्रेस सल्लाहकार नरेश के सी सहभागी रहेका छन् ।
प्रतिनिधिमन्डलले प्रधानमन्त्री , पर्यटनमन्त्री , श्रममन्त्री क्यानका डिजि, विभिन्न एअरलायन्सका प्रमुखसँग भेटेर भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित उडानकोलागि पहल गर्न लिखित रुपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।