ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

दर्ता विना ग्रिल,स्टिल र आल्मुनियमको काम गर्न नदिन व्यवसायीहरुको माग

१७ मंसिर २०८०, आइतबार
१७ मंसिर २०८०, आइतबार

बुटवल,१७ मंसिर । व्यवसाय दर्ता नगरी झोलामा मेसिन लिएर घरघरमा गई ग्रिल,स्टिल र आल्मुनियमको काम गर्ने परिपाटीलाई कडाईका साथ नियन्त्रण गर्न व्यवसायीहरुले माग गरेका छन् ।

करको दायरामा नआई हुने कारोबारले राज्यलाई कर तिरेका व्यवसायीहरु मारमा परेको उनीहरुको गुनासो छ । व्यवसायीका अनुसार रुपन्देहीमा ग्रिल,स्टिल र आल्मुनियमको काम गर्ने २ सय बढीले व्यवसाय दर्ता नगरी राज्यलाई कर छलेर काम गर्दै आएका छन् । ग्रिल,स्टिल तथा आल्मुनियम संघ रुपन्देहीको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनमा बोल्ने वक्ताहरुले राज्यका निकायहरु उद्योगी व्यवसायीका समस्याप्रति गैर जिम्मेवार बनेको गुनासो गरे ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अशोक वर्माले अहिलेको आर्थिक मन्दीको कारण निर्माणसंग सम्बन्धित सबै कामहरु ठप्प हुंदा उद्योगी ब्यापारी समेत बिदेश पलायन हुन बाध्य भएकाले यसलाई रोक्न सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने माग गरे । सरकारले साना उद्योगी ब्यवसायीलाई बचाउन राहत स्वरुप बिना धितो ५ लाख सम्म र ठूला उद्योगीलाई सुलभ ब्याज दरमा ऋण दिनुपर्ने वर्माले माग गरे ।

केन्द्रीय उपाध्यक्ष अशोक वर्माले उद्योगीहरुलाई विद्युत महसुलमा छुट दिन,मोतिपुरमा स्थापना हुने औद्योगिक क्षेत्रभित्र ग्रील ग्राम स्थापनाका लागि जग्गा उपलब्ध गराउन र विना दर्ता सञ्चालन भएको व्यवसाय बन्द गराउन पनि सरकारसंग माग गरे । ग्रील ग्राम स्थापना हुन सके बजार र वस्तीमा वातावरण प्रदुषण नहुने, शहरी सौन्दर्यता बढ्ने र ग्रिल व्यवसाय व्यवस्थित एवं मर्यादित हुने उनले औंल्याए । उनले देशभर ११ हजार बढी ग्रिल व्यवसाय सञ्चालनमा रहेका र एक लाख ६० हजार जनाले रोजगारी पाएका बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्यामा परेको र ब्यापार भन्दा उद्योगमा धेरै समस्या झेल्नुपरेकाले निजी क्षेत्रको सामूहिक प्रयासबाट सरकारलाई समस्या समाधानका लागि दबाब दिनुपर्ने बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले सरकारको औद्योगिक विकास विना देशको विकास नहुने भएपनि सरकारको उद्योगमैत्री नीति नहुंदा उद्योगीहरु अभिभावकविहीन जस्तो निराश बनेको बताए ।

बुटवल फर्निचर उद्योग संघका अध्यक्ष हरि पराजुलीले ग्रिल,स्टिल र आल्मुनियमसंगै फर्निचरमा पनि भारतीय र नेपाली मिस्त्रीले विना दर्ता काम गर्दा व्यवसायीहरु संकटमा परेको र अस्वस्थ प्रतिस्पर्धा भएको बताए ।

ग्रिल,स्टिल तथा आल्मुनियम संघ रुपन्देहीका अध्यक्ष मोहन भट्टराईले जिल्लामा करिब एक सय ५० जना विना दर्ताका व्यवसाय सञ्चालन हुंदा दर्ता भई सरकारलाई कर तिरेका व्यवसायी मारमा परेको गुनासो गरे । वार्षिक प्रतिवेदन पेश गर्दै भट्टराईले ग्रिल जोन र कार्यालय भवनका लागि पहल गरिरहेको,व्यवसायी र कामदार दुर्घटना हुंदा राहत दिन सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको ,ठूला परियोजनामा काम गर्न सामूहिक लगानीमा साझेदारी व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराए ।

कार्यक्रममा ग्रिल डाइरेक्टरी विमोचन गरिएको थियो भने सहयोगी संघसंस्थालाई सम्मान गरिएको महासचिव ध्रुवमणि ज्ञवालीले बताए । अधिवेशनले बुद्धिप्रसाद गुरुङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?