ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

अक्सफोर्ड मावि बुटवलद्वारा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान

१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

बुटवल, १६ मंसिर ।

बुटवल उपमहनगरपालिका सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तर्गत त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई लाखौ रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ । प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए

कक्षा ११ र १२ परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६० जिपिएभन्दा माथि ल्याउने १६ जना विद्यार्थीलाई नगद १० हजार, ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट र ३ं दशमलव ४४ जिपिए भन्दा माथि ल्याउने २३ जना विद्यार्थीलाई नगद तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य भुसालले बताए ।

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दै प्राचार्य भुसालले प्रत्येक त्रैमासिक परीक्षामा विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्ने गरेको बताए । विद्यालयले गरेको उत्कृष्ट विद्यार्थी सम्मान कार्यले विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावना जाग्नुका साथै पढ्नुपर्ने रहेछ भन्ने मानसिकता विद्यार्थीमा पर्ने गरेको प्राध्यापक सुमन भुसालले बताए ।

विद्यालयमा पढाइको अलवा विभिन्न खेलकुद तथा साहित्यका हरेक विद्याहरूमा विद्यार्थीहरू बिच प्रतिष्पर्धा हुने हुँदा विद्यार्थीको रोजाई अक्सफोर्ड परेको हुँदा संस्कार सहितको शिक्षामा जोड दिँदै सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षणमा आफूहरूले जोड दिँदै आएको कुरामा जोड दिए । केही वर्ष यता विद्यालयमा सिर्जनात्मक गतिविधिको कारण विद्यार्थीको चाप ह्वात्तै बढेको हुदा रिजल्टहरूमा पनि नेपालमै उत्कृष्ट हुन सफल भएको स्मरण गर्दै प्राध्यापक भुसालले अभिभावक , प्राध्यापक तथा कर्मचारीहरू धन्यवादका पात्र रहेको बताए । परीक्षाफल कार्यक्रम कक्षा ११ बाट स्विकृती गुप्ता ३.८५ जिपिए ल्याइ उत्कृष्ट बनेकी छन् । ३.४४ भन्दा माथि जिपिए ल्याउने ३९ जना विद्यार्थीका अभिभावक तथा विद्यार्थीहरूलाई माला, खादा तथा नगद सहित सम्मान गरिएको थियोे ।

सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी, अक्सफोर्ड क्याम्पसका अध्यक्ष अजित खनाल क्याम्पस प्रमुख मनोज मरासिनी, प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल लगायतले आ–आफ्नो धारणा राखेका थिऐ । साथै परीक्षाफल सार्वजनिक कार्यक्रममा निबन्ध प्रतियोगितामा प्रथम हुने करूणा गैरे, द्वितीय हुने दिविशा बलाल र तृतीय हुने तिर्सना शारूलाई नगद दुई हजार, पन्ध्र सय र एक हजार प्रदान गर्दै माला लगाएर सम्मान गरेको छ । साथसाथै आफ्नो कक्षाबाट शतप्रतिशत अभिभावक उपस्थित गराउने प्राध्यापकहरूलाई समेत सम्मान गरेको प्राध्यापक सुमन भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?