ट्रेंडिंग:

>> सेमीफाईनल समिकरण पुरा >> मेन्स तथा भेट्रान्स डवल ब्याडमिन्टन प्रतियोगिता सुरू >> लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित >> पश्चिमाञ्चल यातायात समितिको कार्यालयमा प्रकाश गैरेलाई स्वागत >> दाङको तुलसीपुर उत्कृष्ट उपमहानगरपालिका घोषित >> देश विकासको लागि अहिलेको गठबन्धन हो : उपप्रधानमन्त्री सिंह >> नेपालमा सडक संजाल नै प्रमुख यातायातको माध्यम भएको दाबी >> सिद्धि बिनायकको रजत महोत्सव, सम्मान तथा प्रतिभा प्रस्फुटनका कार्यक्रम >> कोरियाबाट फर्केर दुई युवाले शुरु गरे होटल हाईलाईट >> लालटिनको २८ औ रक्तदान >> निजी क्षेत्रको मनोवल उकास्न सरकारसँग आग्रह >> अर्थमन्त्री पौडेलको उपचार काठमाडौंको बर्न अस्पतालमा हुँदै >> पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते >> ‘बस्नयोग्य शहरको सपना साकार पार्न लागिरहेका छौं’ >> बस्नयोग्य शहर बुटवल >> आनन्दलोकमा ट्यूमरको शल्यक्रिया >> आजको मौसम : तराईका हुस्सु, हिमाली भू-भागमा हल्का हिमपात >> १०० मेगास्क्रिन टि.भि नेपाली बजारमा >> कांग्रेस-एमाले गठबन्धनले बनाए संविधान संशोधन कार्यदल >> लयमा आउँदै छ लट्टेश्वर महादेव गौधाम >> ‘‘श्रमजीवीको पक्षमा स्थानीय सरकार छ’’ >> रनभुल्लमा बुटवल ! >> प्रथम सहिद लखन कप फुटबलमा मौडीचौर रोल्पा विजयी >> रानीमहलको सन्देश >> गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु >> ‘दिल्ली दरबार’मा संचिताको सिर्जना >> फैलिएला त ‘पठन संस्कृति’ >> सरकारले अटोलाई उत्पादनशिल क्षेत्रमा राख्नुपर्छ । –नाडा अध्यक्ष चौधरी >> उत्खननको अखडा बन्यो खजुरा खोला >> सम्पूर्ण युवा क्लब अन्तिम चारमा >> प्राधिकरणको सिइओ नियुक्तिमा गृहमन्त्रीको हस्तक्षेप, कांग्रेस नेतालाई ल्याउने तयारी >> बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ >> सानदार मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन पुगे >> त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन >> मानवसेवा आश्रमको भवन निर्माणको लागि समिति >> भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित >> परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान >> अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ >> भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा >> एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक >> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक
रोटरी क्लव अफ बुटवलको ३१ औं स्थापना दिवस

सामाजमा रोटरीको भूमिका प्रभावकारी बनेको सरोकारवालाको निष्कर्ष

१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

बुटवल, १६ मंसिर ।

विभिन्न क्षेत्रका व्यक्तिहरुले सामाजिक उत्तरदायित्व बहनमा रोटरीको भूमिका प्रभावकारी रहेको बताएका छन् । शिक्षा, स्वास्थ्यलगायत सामाजिक सरोकारका विषयहरुमा रोटरीले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आफ्ना कार्यक्रम अघि बढाएको भन्दै उनीहरुले समाजमा रोटरीको छुट्टै पहिचान स्थापित भएको समेत बताए ।

रोटरी क्लव अफ बुटवलको ३१ औं स्थापना दिवस समारोहमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । समाज रुपान्तरणका लागि रोटरीयनहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले सामाजिक क्षेत्रमा अरु रचनात्मक क्रियाकलाप गर्न समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजूले समाजमा केही गरौं भन्ने भावनाका साथ रोटरीमा लागेका व्यक्तिहरुले स्वार्थ भन्दा माथि उठेर सेवा प्रदान गरिरहेको बताए । “रोटरी विशुद्ध स्वार्थरहित संस्था हो, सबैसँग हातेमालो गर्दै सामाजिक विकासका निम्ति नै यसले काम गर्दै आएको छ”–उनले भने ।

रोटरीले वर्षेनी नयाँ नयाँ प्रेजेक्ट ल्याएको र प्रोजेक्ट सम्पन्न गर्न रोटरी इन्टरनेशनलले पनि सहयोग गरिरहेको भन्दै उनले रोटरीले सञ्चालन गरिरहेका परियोजनाहरुको अवस्थाबारे निरन्तर नियमन गर्नुपर्नेमा जोड दिए ।

अनुभवी व्यक्ति रोटरीमा आउनुपर्ने र जसले युवालाई मार्गनिर्देशन गर्ने भन्दै उनले रोटरी फाउन्डेशनमा योगदान गर्न पनि आग्रह गरे ।

कार्यक्रममा गेष्ट स्पीकरको रुपमा सहभागी अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी अभियन्ता सविता उप्रेतीले रोटरीले गर्दै आएको कामले समाज रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने बताइन् । आफूले विशेष स्कुल तथा पुनःस्थापना केन्द्र स्थापना गरी विगत १३ वर्षदेखि अटिजम भएका बालबालिकाका लागि सेवा दिँदै आएको बताइन् ।

अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारका लागि छनोट भएकी उप्रेतीले आफूले सस्था सञ्चालन गरेको १३ वर्षयता ४ सय बालबालिकालाई सेवा दिइसकेको भन्दै विभिन्न कठिानाई झेल्दै अहिलेको अवस्थासम्म आइपुगेको बताइन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले रोटरीयनहरुको अझै बढी योगदान देश र समाजले खोजिरहेको बताइन् । बुटवलको विकासमा रोटरी जस्ता संस्थाहरुसँग मिलेर धेरै काम गर्न सकिने भन्दै उनले यसका लागि सबैले संकल्प गर्नुपर्ने बताइन् ।

रोटरी क्लव अफ बुटवलका अध्यक्ष करुण खनालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेशनलका परियोजना निर्देशक लाउरा ब्रेडली, एआरआरएफसी एमके झा, प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष बाबुकाजी शाक्य, रोटरीयनहरु रोम शर्मा, गोपालप्रसाद अधिकारी, खिमनारायण पराजुली लगायतले पनि बोलेका थिए ।

त्यस अवसरमा विभिन्न अक्षयकोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै पत्रकार रामप्रसाद आचार्यलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुर्व अध्यक्षहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?