ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

नेपालको आर्थिक बृद्धि चालु आर्थिक वर्षमा ३.५ % हुने

१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

काठमाडौं,१५ मंसिर । अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

यो नेपालको आर्थिक वृद्धिको क्षमताभन्दा कमजोर भए पनि विद्युत उत्पादनमा वृद्धि हुने र पर्यटन क्षेत्रको पुनरुत्थानका कारण हासिल हुने आईएमएफले जनाएको छ । आईएमएफले नेपालमा मौद्रिक नीतिको प्रभावकारिता कमजोर भएको पनि जनाएको छ ।

खासगरी मूल्यवृद्धि नियन्त्रण गर्न र वित्तीय प्रणालीमा वासलातहरुलाई सुधार गर्न मौद्रिक नीति असफल रहेको विश्लेषण आईएमएफले गरेको छ । नेपाललाई दिएको विस्तारित क़र्ज़ा सुविधाको तेस्रो समीक्षा सम्पन्न गरेसँगै आईएमएफका उपप्रबन्ध निर्देशक बो लीले एक स्टेटमेन्ट जारी गर्दै यस्तो बताएका हुन् ।

मूल्य र बाह्य क्षेत्रको स्थायित्वका लागि विद्यमान सचेत र तथ्यांकमा आधारित मौद्रिक नीतिलाई भने कायमै राख्नुपर्ने सिफारिस पनि आईएमएफले गरेको छ । वित्तीय नीतिहरुमा अझै सतर्क रहनु आवश्यक रहेको आईएमएफले जनाएको छ । बलियो वृद्धिकेन्द्रित वित्तीय क्षेत्र सन्तुलन स्थापित गर्न र बुम बस्ट साइकल’ (आर्थिक विस्तार र संकुचनको छिटोछिटो दोहोरिइरहने प्रक्रिया)लाई रोक्न नियामकीय संरचना बनाउन केन्द्रित हुनुपर्ने पनि आईएमएफले सुझाव दिएको छ ।

ऋण दिने अभ्यास तथा सम्पत्तिको वर्गीकरणमा भएको सुधार उत्साहजनक भए पनि ठूला १० बैंकहरुको ऋण पोर्टफ़ोलियो समीक्षालाई निरन्तरता दिनु आवश्यक रहेको पनि आईएमएफले बताएको छ ।

नेपाल राष्ट्र बैंक ऐनको संशोधन गर्ने र राष्ट्रबैंकको बाह्य लेखापरीक्षकबाट लेखापरीक्षण गर्ने कामलाई प्राथमिकता दिनुपर्ने आईएमएफले सुझाव दिएको छ ।
नेपालले ईसीएफको तेस्रो किस्ताबापतको ६ अर्ब ८० करोड रुपैयाँ झिक्न पाउने भएको छ । नेपालले ईसीएफ कार्यक्रममा गरेको प्रतिबद्धताअनुरुपका सुधारमा उल्लेख्य प्रगति गरेको भन्दै आईएमएफले तेस्रो किस्ता भुक्तानीको स्वीकृति दिएको हो ।

आईएमएफको यो निर्णयसँगै नेपालले पाउने कुल रक़म ४९ अर्ब ७० करोडमध्ये २९ अर्ब ३७ करोड़ी भुक्तानी पाउने भएको छ । आईएमएफको बोर्डले ईसीएफअन्तर्गत ३७ करोड ६५ लाख अमेरिकी डलर दिने निर्णय १२ जनवरी २०२२ मा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?