© २०२३
चन्द्रौटा (कपिलवस्तु), १५ मंसिर । अवैध रूपमा कुवेत तथा ओमन जान लागेका ७ जना महिलालाई कपिलवस्तुबाट उद्दार गरिएको छ । उनीहरूलाई जिल्लाको चन्द्रौटाबाट उद्धार गरिएको शान्ति पूनः स्थापना गृह कपिलवस्तुले जनाएको छ ।
बुटवलबाट नेपालगन्ज हँुदै भारत भइ ओमान तथा कुबेत जान लागेको गोप्य सूचनाका आधारमा संस्थाकी संयोजक बसन्ती जिसीको नेतृत्वमा ३ जनाको टोलीले पिछा गरेको थियो । नेपाल प्रहरीको लगायतको सहयोगमा ती महिलालाई उद्वार गरिएको हो । संयोजक जिसीका अनुसार उनीहरू जागिरको प्रलोभनमा परी कुवेत तथा ओमन जान लागेको खुलेको छ । उद्वार गरिएका महिला उदयपुरकी १ जना, सप्तरीकी २ जना, चितवनकी १ जना, सुनसरीकी १ जना, झापाकी १ जना, सिन्धुपाल्चोक जिल्लाकी १ जना गरि ७ जना रहेको जनाइएको छ ।
उनीहरूसँग सोधपुछ गर्दा भारतको दिल्ली हुँदै एक जना ओमान तथा अन्य ६ जना दिल्ली हँुदै कुबेत जान लागेको रहस्य खुलेको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीको सहयोगमा थप अनुसन्धन प्रक्रिया बढाइएको गृहकी कपिलवस्तु संयोजक बसन्ती जिसीले जानकारी दिइन् ।
पछिल्लो समय आर्थिक मन्दीको मारमा देश ग्रुजरी रहेको छ भने रोजगारी समेत गुमिरहेको छ । उद्योग, कलकारखाना समेत बन्द भैरहेका छन् । अर्थतन्त्र अस्तव्यस्त भएको अवस्था विद्यमान छ । मन्दीको प्रभाव हरेक क्षेत्रमा परेको देखिन्छ । तर खासगरी ग्रामिण भेगका आम नागरिकलाई भने गासबास समेत जुटाउन हम्मेहम्मे परेको छ । यस्तो परिस्थितमा रोजगारी खोज्दै भौतारिनु पनि स्वाभाविक नै हो । केहि समय यता भारत हुँदै तेस्रो मूलुक अवैधरूपमा जानेको संख्या बृद्धि भएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका निमित्त प्रमुख प्रहरी निरिक्षक अर्जुन बिकले मानव तस्कर डरलाग्दो समस्या भएको भन्दै यसलाई रोक्नको लागि प्रहरी प्रशासन को एकल प्रयासबाट संभव नभएका भन्दै सबैले हातेमालो गरेर अगाडी बढेमा न्यूनीकरण गर्न सकिने बताउँछन् । उनले पछिल्लो समयमा मानव तस्करहरूले अनेक उपाय लगाउने गरेको भन्दै यसको लागि सर्वप्रथम त सम्बन्धीत मानिसमा सचेतना आउनुपर्ने बताएका थिए ।