ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा कुर्मी तेस्रोपटक निर्वाचित

१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

कपिलवस्तु,१४ मंसिर । तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा गयादिन कुर्मी दिपु निर्वाचित भएका छन् । बुधबार भएको संघको निर्वाचनको बिहिबार साँझ सम्पन्न मत परिणामा अनुसार कुल खसेको १ हजार ८२ मध्ये ५ सय ८ मत प्राप्त गरि कुर्मी निर्वाचित भएका हुन् । कुर्मी तेस्रो पटक संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुर्मीका प्रतिद्वन्द्वी धिरज कुमार गुप्ता संजयले ३ सय ३८ मत र अर्का प्रत्याशी अर्जुन चापागाँईले २ सय २१ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजु कुमार श्रीवास्तवले जानकारी दिए ।

संघको बरिष्ठ उपाध्यक्षमा संदीप कुमार श्रीवास्तव र उपाध्यक्षमा अजय कुमार कशौधन निर्वाचित भएका छन् । श्रीवास्तवले ६ सय ७९ र कशौधनले ५ सय ३७ मत प्राप्त गरेका छन् । बरिष्ठ उपाध्यक्ष तर्फका प्रत्यासी अनन्त भारतीले ३ सय ६० र मोहम्मद जमा मुसलमानले ४ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रीवास्तवले बताए ।

संघको महासचिवमा चापागाई नेतृत्वको प्यानलका देवेस जैसवाल बिजयी भएका छन् । उनले ५ सय ६५ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी महासचिवका प्रत्यासी गिरजेश शरण चौधरीले ४ सय ६२ मत प्राप्त गरेका छन् ।

सचिवमा कुर्मी प्यानलकै बासुदेव बर्मा अजय बिजयी भएका छन् । उनले ६ सय ५२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सचिव पदका प्रत्यासी बीरेन्द्र कुमार गुप्ताले ३ सय ८३ मत प्राप्त गरेका छन् ।

संघको कोषाध्यक्षमा तीन जना बीचमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये बृजेश भटरा बिजयी भएका छन् । स्वतन्त्र उम्मेदवार भटराले ३ सय ८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नसीरुद्धिन गौरीले ३ सय ७० मत प्राप्त गरेका छन् भने चन्द्रशेखर गुप्ताले २ सय ७० मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा चापागाई प्यानलकी प्रिती अग्रहरी बिजयी भएकी छिन् । उनले ५ सय ४२ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी कनिज फातमा रंगरेजले ४ सय ८२ मत प्राप्त गरेकी छिन् ।

सदस्य पदमा कुर्मी प्यानलकै बृज बिहारी कुर्मी, पशुपति प्रसाद तेली, देवेन्द्र गुप्ता, सुनिल पाठक र चापागाई प्यानलका सुनिल कुमार गुप्ता कशौधन बिजयी भएका छन् ।

तेस्रोपटक निर्वाचित अध्यक्ष गयादीन कुर्मीले सबै उद्योगी, ब्यवसायीलाई समेटेर लैजाने बताए । निर्वाचनमा उपविजेता साथीहरुको प्रत्यासीको भावनाको कदर गर्दै उद्योगी व्यवसायीका समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?