Butwal Today

महिलाहरुको लागि एकहप्ते मिसेज गुरुङ तालिम सुरु

१२ मंसिर २०८०, मंगलवार
अ+
अ-

निरु गुरुङ (मनु)
बुटवल, १२ मंसिर ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगरपालिका समिति बुटवल रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका बेसक्याम्पको गुम्बा परिषदमा विवाहित महिलाहरुको लागि एकहप्ते मिसेज गुरुङ तालिम सुरु भएको छ ।

“शास्त्र हराए सस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए जाति हराउँछ” भन्ने नाराका साथ मंगलबारदेखि सुरु भएको तालिममा २० जना महिलाले सहभागिता जनाएका छन् । तालिममा प्रशिक्षकको रुपमा कोरियोग्राफर दिपेश लामा रहेका छन् । तालिम उदघाटन समारोहमा बोल्दै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश प्रमुख झपट बहादुर गुरुङ्गले गुरुङ मात्र नभई कुनैपनि जातको छोरी बुहारी हाम्रो परिवारमा आइसकेपछि उनीहरूलाई पनि यो रितीरिवाज र चालचलनबारे सिकाउनु पर्ने बताए ।

कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल नगर समिति उपाध्यक्ष उमा गुरुङ, नगर समितिकै उपाध्यक्ष विर बहादुर गुरुङ्ग, तमु ह्युल छोंज धी जिल्ला कार्यसमिति रुपन्देहीका सह कोषाध्यक्षमा मनिराज गुरुङ, दिपनगर इकाइ ७ का रस बहादुर गुरुङ्ग, टिकुलिगढ माङ्गी अध्यक्ष सुमित्रा गुरुङ, पत्रकार मनु गुरुङ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमको सहजीकरण नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?