© २०२३
बुटवल ।
गुल्मी छत्रकोट गाउँपालिका साबिक गैरिखुट्टा घर भई रुपन्देहीमा आई स्थायी वा अस्थायी बसोबास गर्दै आएकाहरु संगठित भएका छन् । व्यापार व्यवसाय, अध्ययन–अध्यापन, रोजगारी वा अन्य बिभिन्न उद्देश्यहरुका साथ रुपन्देही, कपिलवस्तु र नवलपरासी लगायतका जिल्लामा बस्दै आएका सम्पुर्ण गैरिखुट्टाबासीहरुलाई संगठित गर्ने उद्देश्यले गैरीखुट्टा–रुपन्देही समाज गठन गरिएको छ ।
कार्यक्रममा गैरिखुट्टा आसपास घर भई रुपन्देहीलाई कर्म थलो गराउँदै आएका गैरिखुट्टाबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
ज्ञान प्रसाद घिमिरेको अध्यक्षतामा बसेको भेलाले सर्वसम्वत १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको अध्यक्षमा टिकाराम गौतम, उपाध्यक्षमा लक्ष्मी घिमिरे (पाण्डे), सचिवमा बद्री घिमिरे, कोषाध्यक्षमा नारायण गौतम, सहसचिवमा यादव घिमिरे र सदस्यहरुमा दिपक सिंजाली, प्रितम ज्ञवाली, माया खत्री, दुर्गामणि घिमिरे, सुनिल खनाल, शंकर ज्ञवाली, अनिल खनाल, शिवहरि अर्याल, बिष्णु घिमिरे र सागर घिमिरे चयन भएका छन् ।