© २०२३
बुटवल ।
रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संजालले शनिवार एक कार्यक्रमका बिच सर्वसम्मत रुपमा आगामि २ वर्षका लागि दिवाकर काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा रंजिता भण्डारी, महासचिवमा सूचना पाण्डेय, सचिवमा कमल चापागाइ, कोषाध्यक्षमा प्रदिप पन्थी, र सदस्यहरुमा पदम अधिकारी, योगेश पराजुली, राजु खनाल, झ्यागंजी खरेल, संयोग गौतम, रे खरेल, श्रृजना खड्का, शंकर शर्मा, घनश्याम पाण्डे, बसन्त भण्डारी, सुनिता न्यौपाने रहेका छन् ।
त्यस्तै सल्लाहकारहरुमा डा. प्रकाश पौडेल, रोशन कोइराला, सुशील नेपाल, टि एन अर्याल, राम चालीसे, चुन्ना क्षेत्री, प्रमोद कार्की, चयन भएका छन् ।
अधिबेशनले संस्थाको नियमअनुसार साँस्कृतिक संयोजकमा प्रदिप खनाल, महिला संयोजकमा गायत्री पौडेल, परियोजना संयोजकमा कमल भण्डारी, प्रविधि संयोजकमा सरोज पाण्डे, पव्लिक रिलेशन आफिसरमा राजन खड्का, खेलकुद संयोजक सरोज पाठकलाई जिम्मेवारी दिएको नवनिर्वाचित महासचिव सूचना पाण्डेले जानकारी दिइन् ।
नवनिर्वाचित अध्यक्ष दिवाकर काफ्लेले संस्थाको माध्ययमबाट निरन्तर सामाजिक काम गर्दै जाने बताए ।
काफ्लेले नेतृत्वमा जो आएपनि संस्थाको मुख्य उदेश्यमा सबैले हातेमालो गर्नसके मात्रै समाजमा उदाहरणीय काम गर्नसकिने बताउदै २ बर्षे कार्यकालका लागि आफुलाई संस्थाको नेतृत्व सुम्पेकोमा सम्पुर्ण टिमलाई आभार ब्यक्त गरे ।