© २०२३
बुटवल, १० मंसिर– सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवल स्टार्सले अपाङता भएकी एक जना महिलालाई एक थान व्हिल चेयर तथा औषधी वितरण गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरि तिलोत्तमा नगरपालिका गणेशनगर गाइघाट निवासी गंगा खत्री क्षेत्रीलाई लायन्स इन्टरनेशनल ३२५ पि नेपालका एलसिआइएफ कोडिनेट तथा क्लबका संस्थापक अध्यक्ष एमजेएफ संदिप कसौधन, लायन्स स्टार्सका अध्यक्ष रिन्कु लिगलले व्हिल चेयर र औषधि सामाग्री हस्तारण गरेका हुन ।
कार्यक्रममा एलसिआइएफ कोडिनेट कसौधनले लायन्स युवाहरु थोरै थोरै रकम जुटाएर सामाजिक कार्यमा अग्रसर रहेको बताए । गरिब बिपन्न बर्गलाई गरिने सहयोग सबैभन्दा ठुलो धर्म भएको उनले दाबी गरे । ‘हामी सेवा गर्छाैं’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै लायन्स स्टार्सले प्रत्येक हप्ता एउटा समाज सेवा गर्ने नारालाई अघि सारेर काम गर्दै आएको क्लबका अध्यक्ष लिगलले बताए । कार्यक्रमा लायन्स क्लब अफ तिलोत्तमा स्टार्सका अध्यक्ष लक्ष्मी थापा, लायन्स बुटवल स्टार्सका पूर्व अध्यक्ष अन्जिल मिया, तृतीय उपाध्यक्ष डिएस भट्टराई, सचिव किरण कुमार केसि, पि आर ओ अब्दुल सलामत, संथापक सदस्य तथा बरिष्ठ हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा. अन्जनी बर्नवाल संस्थापक सदस्य तथा कार्यक्रम संयोजक कमलेश कुमार कसौधन लगायतले सामाजिक कार्यमा आफुहरुको साथ रहने बताए ।