© २०२३
बुटवल,८ मंसिर । नेपाली सेनाले विभिन्न पदमा ३२ सय जनाका लागि रोजगारी खुलेको छ । सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
सेनाले सैन्य पदमा २ हजार ९ सय र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ३ सय ९३ जना कर्माचारी मागेको हो।
देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ। रोजगारी खुलेकोबारे विस्तृत विवरण सहित विज्ञापन आजको गोरखापत्र दैनिकको पृष्ठ १५ मा प्रकाशन गरेको छ ।