ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु

विद्यार्थीलाई प्रयोगात्मक शिक्षा

८ मंसिर २०८०, शुक्रबार
८ मंसिर २०८०, शुक्रबार

नवलपुर, ८ मंसिर ।

नवलपरासी पूर्वको एक विद्यालयले सैद्धान्तिक शिक्षा संगसंगै प्रयोगात्मक शिक्षालाई समेत जोड दिन थालेपछि अहिले विद्यार्थीहरु विद्यालयमा गुन्द्री बुनेर प्रयोगात्मक अभ्यास गर्न थालेका छन् ।

कावासोती नगरपालिका वडा नं. १२ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयले पहिलो पटक जिल्लामै विद्यार्थीलाई गुन्द्री बुन्ने पेशामा समेत अब्बल बनाउन अहिले विद्याालयले पराल खरिद गरी गुन्द्री बुन्न थालेको विद्याालयकी शिक्षिका मना शर्मा अधिकारीले बताईन् ।

विद्यालयका विद्यार्थीहरुले अहिले विद्यालयमा सैद्धान्तिक शिक्षा संगसंगै प्रयोगात्मक शिक्षालाई पनि अघि बढाएपछि विद्यार्थीले गुन्द्री बुनेर बिक्री गर्ने आम्दानी मध्ये विद्यार्थीलाई समेत केही रकम दिने र बाँकी विद्यालयको खातामा आम्दानी बाँध्ने बिद्यालयले नीति नै बनाएको प्रधानाध्यापक दधिराम परियारले बताए ।

अहिले समाजमा गुन्द्री लोप हुन थालेको छ । लोप हुन लागेको गुन्द्री बुन्ने पेशामा फर्काउन सके मात्र पनि यसको ब्यापार बढ्ने र संगसंगै प्रयोगात्मक शिक्षामा पनि दख्खल बनाउन सकियो भने भबिष्यमा यस्ता काम गरेर पनि आर्थिक जीविकोपार्जन गर्न मद्दत पुग्ने विश्वास विद्यालयले गरेको शिक्षिका अधिकारीको भनाई छ ।

विद्यालयले गत कात्तिक महिनामा पराल खरिद गरेको र अहिले त्यो पराल सुकाएर विद्यार्थीलाई एक पिरियड प्रत्येक कक्षामा अध्ययनरत छात्रालाई सहभागी गराएर गुन्द्री बुन्ने कार्यमा सरिक बनाउने गरेको प्रधानाध्यापक परियारले बताए ।

लोप हुन लागेको यो पेशातर्फ आकर्षण बढाउन र विद्यार्थीलाई संैद्धान्तिक शिक्षासंगै प्रयोगात्मक शिक्षातर्फ अभिप्रेरित गर्न विद्यालयले गरेका यस्ता कार्यले राम्रो सन्देश जाने कावासोती नगरपालिकाका प्रमुख बिष्णुप्रसाद भुसालले बताए ।

कावासोतीको यो विद्यालयले गरेका उदाहरणीय कामले यहाँका विद्यार्थीसंगै अभिभावक समेत खुुशी भएको कावासोतीका पूर्व शिक्षक गोपाल बस्ताकोटीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?