© २०२३
बुटवल,७ मंसिर । दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा सहभागी हुन प्रसाईका समर्थकहरु बल्खुमा भेला हुन थालेका छन् । अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकाल्दैछ ।
अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ । त्यहाँबाट जुलुस काठमाडौँको बल्खुमा भेला हुनेछ । हाल दुर्गा प्रसाईंका समर्थकहरु बल्खुमा भेला भइरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। आजबाट शुरु हुने आन्दोलनलाई प्रसाईले व्यवस्था परिवर्तनको आन्दोलन भनेका छन् ।