Butwal Today

गुल्मीका दुई स्थानीय तहले दिए हरि बोधनी एकादशीमा सार्वजनिक बिदा

७ मंसिर २०८०, बिहीबार
अ+
अ-

गुल्मी ।

गुल्मीका दुई स्थानीय तहले हरि बोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएका छन्।

रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्। हरि बोधनी एकादशी आज तुलसीको विवाह गरेर मनाइँदै छ। रेसुंगा र गुल्मी दरबारमा एकादशीमा मेला लाग्ने भएकाले बिदा दिइएको हो।

गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगा पोखरीमा आज ठूलो धार्मिक मेला लागेको छ।

सार्वजनिक बिदाको कारण आज रेसुंगा र गुल्मीदरबारमा सरकारी कार्यालय, शैक्षिक संस्था बन्द छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?