Butwal Today

मध्यराति काठमाडौँमा भूकम्पको धक्का

७ मंसिर २०८०, बिहीबार
अ+
अ-

काठमाडौं, ७ मंसिर ।

मध्यराति काठमाडौँमा भूकम्पको धक्का गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

‘राति १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो’, उनले भने।

भूकम्पको धक्का काठमाडौं आसपासका जिल्लामा पनि महसुस गरिएको सर्वसाधारणले सामाजिक सञ्जालमा लेखेका छन्।