© २०२३
बुटवल, ६ मंसिर ।
बुटवल उपमहानगरपालिका, वडा नम्बर २ स्थित बुटवल लायन्स आँखा अस्पतालले आफ्नो २७ औं स्थापना दिवस मनाएको छ ।
लायन्स क्लब अफ बुटवलका अध्यक्ष तथा बुटवल लायन्स आँखा अस्पताल ब्यवस्थापन समितिका कार्यवाहक सभापति शरदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका नेत्ररोग विशेषज्ञ तथा मेडिकल डाईरेक्टर डा.. उपेन्द्र देव भारी, लायनेस क्लब अफ बुटवलका अध्यक्ष बेगम श्रेष्ठ, अस्पतालका निमित्त ब्यवस्थापक मनोज कुमार श्रेष्ठ, लियो क्लब अफ बुटवलका अध्यक्ष सशांक श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा अस्पतालका वरिष्ठ नेत्र सहायक मनोहर न्यापानेले अस्पतालको आर्थिक वर्ष २०७९।०८० मा गरेका गतिविधिहरुबारे तथा आर्थिक वर्ष २०८०।०८१ मा निर्धारण गरिएको लक्ष्य र हाल सम्म प्राप्त गरेको उपलब्धिबारे र आगामी दिनहरुमा गर्नुपर्ने कार्यक्रमहरुबारे प्रकाश पारेका थिए । साथै, स्थापना दिवसको अवसरमा अस्पतालमा मोतिविन्दु शल्यक्रिया गर्न आएका विरामीहरुलाई फलफूल वितरण समेत गरिएको थियो ।
कार्यक्रममा अस्पतालका कर्मचारीहरुको तर्फबाट नेत्र अधिकृत ईन्दिरा उदय जोशी, लायनेस क्लब अफ बुटवलका अध्यक्ष लायनेस बेगम श्रेष्ठ लगायत कार्यक्रमका अध्यक्ष शरदमान श्रेष्ठले २७ औं स्थापना दिवसको उपलक्ष्यमा अस्पतालले हाल सम्म गरेका कार्यहरुको सराहना गर्दै आगामी कार्यक्रमहरुको लागि शुभकामना दिएका थिए ।