ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

संक्रमणकालीन न्यायको माग गर्दै रुपन्देहीका द्वन्द्वपीडितद्वारा खबरदारी

६ मंसिर २०८०, बुधबार
६ मंसिर २०८०, बुधबार

बुटवल ।

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पुगेको छ । तर, शान्ति सम्झौता अनुसार द्वन्द्वका समस्या समाधान भएका छैनन् । अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधानका लागि भन्दै रुपन्देहीका द्वन्द्वपीडितहरुले खबरदारी गरे । विस्तृत शान्ति सम्झौताको १७ वर्षसम्म पनि द्वन्द्वपीडितको न्यायका लागि ठोस कदम नचालिएको, बेपत्ताको सास न लासको अवस्था रहेको भन्दै उनीहरुले सरकारलाई मंगलबार खबरदारी गरेका हुन् ।

द्वन्द्वपीडित समूदाय र एडभोकेसी फोरमको समन्वयमा द्वन्द्वपीडितहरुले पीडित र सरोकारवालासंगको परामर्श, सर्वोच्च अदालतको परमादेश एवं अन्तर्राष्ट्रिय मानवअधिकार कानूनबमोजिम संक्रमणकालीन न्याय ऐन तत्काल संशोधन गर्न माग गर्दै इलाका प्रशासन कार्यालय बुटवल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

उनीहरुले द्वन्द्वका घटना लिएर न्याय खोज्दै हिड्नुपर्ने अवस्था अन्त्य गर्न समेत आग्रह गरेका छन् । त्यसका लागि वेपत्ताको अवस्था सार्वजनिक गर्न, मिल्नसक्ने घटनालाई मेलमिलापमा लैजान र जघन्य अपराधका घटना दर्ता गरी दोषीलाई कारबाही प्रक्रियामा लैजान उनीहरुले माग गरे । द्वन्द्वपीडित जानकी अर्यालले द्वन्द्व प्रभावितका घाउमा खाटा बसाल्ने गरी काम गर्न र द्वन्द्वको पीडा भूलाउन राज्य अगाडि सर्नुपर्ने बताइन् ।

५ मंसिर २०६३ मा तत्कालिन माओवादी र राज्यपक्षबीच ससस्त्र द्वन्द्व अन्त्य गर्नेबार विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताको अवस्था सार्वजनीक गर्ने, द्वन्द्व पीडितहरुको अभिलेखीकरण गर्ने र तत्कालीन राहत दिने उल्लेख छ ।

यद्यपि अहिलेसम्म न्यायिक प्रक्रियामा र बेपत्ताको खोजी तथा छानवीनमा कामै नभएको न्यायका लागि द्वन्द्वपीडित समाज रुपन्देहीका सचिव रीता सेनले बताइन् ।

२०५२ फागुनदेखि २०६३ मंसिरसम्म भएको १० वर्षे सशस्त्र द्वन्द्वमा करिब १७ हजार ८ सयले ज्यान गुमाएका थिए । करिब १ हजार ५ सय बेपत्ता पारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?