© २०२३
काठमाडौं,६ मंसिर । दुर्गा प्रसाई र युवा संघको प्रदर्शनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधको आदेश जारी गरेको हो ।
यस्तै बालुवाटारमा पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोक र सभामुखदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म पाँच जनाभन्दा बढी भेला हुने नदिने आदेश जारी भएको हो ।
मंसिर ५ गतेबाट लागू हुनेगरी आगामी ३० दिनसम्मका लागि यी स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासनको यो निषेधाज्ञाले सरकारी पक्ष दुर्गा प्रसाईको आन्दोलनसंग त्रसित र भयभित भएको राजनीतिक क्षेत्रमा विश्लेषण हुन थालेको छ ।