© २०२३
नवलपरासी , ४ मंसिर । नेपाल महिला संघ पश्चीम नवलपरासीको तदर्थ समितिको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम परासीमा सम्पन्न भएको छ ।
परासीस्थित बिपी स्मृति भवन परिसरमा भएको उक्त कार्यक्रममा नेपाल महिला संघ जिल्ला कार्य समिति पश्चीम नवलपरासी अन्तर्गत संघीय , प्रादेशीक तथा स्थानिय पालिका लगायतका समितिमा मनोनय गरिएका पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापना तथा सपथ ग्रहण गराईएको हो । पदाधिकारी एवंम् सदस्यहरुलाई महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले सपथ ग्रहण गराएकी हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल, प्रतिनिधी सभा सदस्य विनोद चौधरी लगायतले पार्टीमा महिला संघको महत्वपुर्ण भुमिका रहेको भन्दै स्थानिय तह , प्रदेश र केन्द्रिय तहसम्म महिलाको उचित ब्यवस्थापनका लागि पार्टीले पहल गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल , नेपाली कांग्रेसका नेता मोहन शर्मा , महिला संघकी जिल्ला सभापती तारा देवी भण्डारी, महिला संघकी केन्द्रिय सदस्य कमला तिवारी लगायतले संगठन बिस्तार बारे आ आफ्नो धारणा राखेका थिए ।