ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सैनामैनाको मुर्गियामा मंसिर ६ देखि छैठौं औद्योगिक ब्यापार मेला

३ लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र अन्दाजी ५ करोडको कारोबार हुने
४ मंसिर २०८०, सोमबार
४ मंसिर २०८०, सोमबार

बुटवल, ४ मंसिर । रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेदेखि सञ्चालन हुने छैठौं राष्ट्रिय कृषि,पर्यटन, प्रविधि तथा औद्योगिक ब्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘आर्थिक विकासको राष्ट्रिय आधार : कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ सैनामैना उद्योग बाणिज्य संघले सैनामैनाको मुर्गियामा चोकस्थित दुर्गा मन्दिर पसिरमा सञ्चालन हुने मेलाको आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
मंसिर १७ गतेसम्म सञ्चालन हुने मेलामा औद्योगिक उत्पादन, कृषि, हस्तकला, पर्यटन, सूचना प्रविधिका दुई सय बढी स्टल रहने आयोजकले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । मेलामा ३ लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र अन्दाजी ५ करोडको कारोबार हुने आयोजक संस्थाका अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए । मेलाले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन र स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा टेवा पुराउने अपेक्षा गरिएको अध्यक्ष खड्काले बताए । मेलाले उद्योगी व्यवसायीहरुमा स्वच्छ व्यावसायीक प्रतिस्पर्धाको वातावरण सिर्जना गराई लगानीको अवसर सिर्जना गर्ने, निकासीयोग्य वस्तुहरुको पहिचान र प्रवद्र्धनमा सहयोग पुर्‍याउने र स्थानीय स्तरमा विभिन्न रोजगारीका अवसरहरुको सिर्जना गर्ने खडकाले बताए ।
मेलाले स्थानीय कला संस्कृति, पर्यटकीय स्थलहरु, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक क्षेत्रको चिनारी र विभिन्न भेषभुषा र लोक संस्कृतिको जगेर्ना गर्न समेत योगदान गर्ने संघका महासचिव लोकनाथ अधिकारीले बताए । मेला सम्पन्न गर्न सैनामैना नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, लगायतले सहकार्य गरेका आयोजकले जनाएका छन् । महोत्सवका आकर्षणहरुमा सैनामैनाको विविधता झल्काउने झाँकीसहितको बृहत शोभायात्रा,सैनामैनाका आदिवासीहरुको रहन सहन, भेषभुषा र प्रदर्शनी,सैनामैना भित्र रहेका धार्मिक, पुरातात्विक एवं पर्यटकीय स्थल झल्काउने लघु उद्यान, हरेक दिन मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति, स्थानीय, राष्ट्रिय एवं अन्र्तराष्ट्रिय उत्पादित वस्तु तथा सेवाहरुको बृहत व्यापार मेला,च. समसामायिक विषयमा राष्ट्रिय स्तरको व्यवसायिक गोष्ठी तथा सेमिनार,सेल्फी जोनको व्यवस्था,स्थानीय कलाकारद्वारा सृजित मूर्तिकला, हस्तकला तथा हस्तकला प्रदर्शनी, पर्यटन प्रवद्र्धन सम्बन्धी विविध कार्यक्रम, क्रेता/बिक्रेताबीच अन्र्तक्रियात्मक , छैठौँ सैनामैना डान्सिङ्ग आइडल, मम्मी डान्स प्रतियोगिता, नगर स्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता,कृषि सामग्री प्रदर्शनी , कन्सर्ट तथा डिजेको व्यवस्था / आइटम डान्स,विभिन्न जातजातीका जातीय परिकार (सेलरोटी, पकौडा, बटुक, घोङ्गी माछा तथा अन्य परिकार), बाल उद्यान, द. जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता, भजन तथा र्‍याप प्रतियोगिता, सूचना प्रविधि तथा शिक्षा, इलेक्ट्रिकल्स, अटो, कृषि, पोल्टी, रेष्टुरेन्ट, आकर्षक बगैंचा, संस्कृति प्रवद्र्धन आदि रहने वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

प्रदर्शकलाई फाइदा :
क. रुपन्देही अन्य जिल्लाको तुलनामा भौगोलिक सहजता, वातावरणीय अनुकुलता एवं भौतिक पूर्वाधारहरुको विकसित जिल्ला भएकोले प्रदर्शक एवं दर्शकहरुले औद्योगिक तथा व्यवसायिक वस्तु एवं सेवाहरुको सहज रुपमा प्रदशनी गर्न पाउनेछन् ।
ख. विभिन्न क्षेत्रका व्यक्तिहरुको जमघट हुने एउटै थलो भएकोले केही नयाँ सिक्ने एवं सिकाउने अवसर प्राप्त हुनेछ ।
ग. उपभोक्ताहरुको प्रत्यक्ष सम्पर्कमा उपभोग्य वस्तुहरु बिक्री वितरण हुने हुनाले आफ्ना उत्पादनको सम्बन्धमा प्रतिक्रियाहरु बुझ्ने अवसर मिल्नेछ ।
घ. सूचना, सञ्चार एवं प्रविधिको क्षेत्रमा भएका उपलब्धीहरु उपभोक्ताहरु समक्ष पुर्‍याउने अवसर पाउनेछन् ।
ङ. व्यवसायीलाई आफ्नो उत्पादन एवं सेवामा भएका उपलब्धीहरुको प्रतिक्रिया पहिचान हुने भएकोले आगामी दिनमा अझ बढी लगानी गर्ने वा नगर्ने भन्ने बारे निर्णय लिने अवसर प्राप्त हुनेछ ।
च. पर्यटकीय महत्वका वस्तुहरु एवं स्थानहरुको पहिचान बनाई आन्तरिक पर्यटन प्रवद्र्धनको अवसर प्राप्त हुनेछ ।
छ. सम्बन्धित व्यवसायीहरुबीच नेटवर्किङ्क विस्तार गरि यथोचित विकास एवं प्रवद्र्धन गर्ने अवसर मिल्नेछ ।
महोत्सव प्रबेश शुल्क :
क. सर्वसाधारण रु.८० ।
ख. विद्यार्थीहरुलाई रु. ५०।
ग. जेष्ठ नागरिक तथा अपांग असहाय नागरिकलाई नि:शुल्क
घ. प्रत्येक टिकट बाट रु. १।( सामाजिक काम कार्यका लागि
ङ. अतिरिक्त कार्ड रकम रु ५००/–

औद्योगिक प्रवर्धन :
१. युवा उद्यमशिलता गोष्ठी सञ्चालन गरिने ।
२. युवा उद्यमीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिने ।
३. सैनामैना औद्योगिक ग्राममा उद्योग स्थापना गर्न सैनामैना नगरपालिकाको समन्वयनमा लगानी सम्मेलन कार्यक्रम गरिने
४. बैंक तथा लगानीकर्ता साथै व्यवसायीहरुबिच वर्तमान ब्याजदरको बारेमा अन्तरक्रिया कार्यक्रम गरिने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?