ट्रेंडिंग:

>> हिउँदे वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह >> पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने >> जब भारतीय मन्त्रीले बस पल्टेको देखे….. >> आयोगले आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने >> भुटानी नरेश स्वदेश फिर्ता >> ब्राजिलियन मोडलले फेरि कुमारी बन्न १६ लाख खर्च गर्ने >> मेक्सिकोमा बिषाक्त झोलाका कारण १३ बालबालिकाको मृत्यु >> सर्वोच्च अदालतले ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य >> नेपाल संस्कृत विश्वविद्यालय उपकुलपतिका लागि १३ जनाको आवेदन >> पत्रकार महासंघमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता >> लुम्बिनी लायन्सले १७१ रनको लक्ष्य तय गर्दै पोखरा एभेन्जर्ससँग भिड्दै >> छत्रेश्वरीबारे थेसिस गर्ने विद्यार्थीलाई २५ हजार सहयोग >> नर्वेले अफगानिस्तानसँग सम्बन्ध घटायो, राजदूतलाई मान्यता नदिने निर्णय >> पाल्पामा दोस्रो सुन्तला महोत्सव, दुई पालिकाले स्थानीय बिदा घोषणा >> सुनको मूल्यमा सामान्य गिरावट >> पुष्पा २ ले गर्यो भारतीय बक्स अफिसमा ऐतिहासिक ओपनिङ  >> पत्रकार महासंघको महाधिवेशनमा उम्मेदवार मनोनयन प्रक्रिया शुरु >> कर्णाली याक्सले ६ विकेटले चितवनलाई पराजित >> भुटानका राजाले गरे स्वयम्भूमा पूजापाठ (तस्वीरहरू) >> धनुषामा महिलाको विभत्स हत्या, टाउको नहरमा भेटियो >> नेपाल प्रहरीमा १ हजार २०० भन्दा बढी पदका लागि भर्ना खुला >> सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गर्यो >> भुटानी राजा जिग्मे वाङचुकको नेपाल भ्रमण >> एउटा यस्तो देश, जहाँ पाइन्छ भाडामा ‘ब्वाय फ्रेन्ड’ >> चीनका बिधालय र विश्रविधालयमा अब ‘लभ र रोमान्स पढाइने, कारण जान्नुहोस् >> अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु >> बैंक अफ द ईयर २०२४ को अवार्ड सिटिजन्स बैंकलाई >> समय घर्केपछिको औचित्यहीन चिन्ता >> पशु किसानको दैलोमा डोर टु डोर कार्यक्रम >> वाईडबडी भ्रष्टाचारमा विशेष अदालतले अख्तियारलाई भन्योः प्रमुख योजनाकार दीपक शर्मामाथि थप अनुसन्धान गर्नू >> जीतगढीमा मगर साहित्य महोत्सव >> नदि नतर्ने पुल >> विपिन जोशी जीवितै रहेको र छिटै काठमाण्डौ फर्किने इजरायली राजदूतको भनाइ >> आज विवाह पञ्चमी: जनकपुरमा राम र सीताको विवाह उत्सव >> वाइडबडी भ्रष्टाचारमा पूर्वसचिव अधिकारी र सुगतरत्न कंसाकारसहित चारजना नेपाली दोषी ठहर >> शान्ति नमुनामा बृहद् पुनर्मिलन कार्यक्रमको तयारी तीव्र >> अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम आयोजना >> प्राधिकरण बिल देओस्, उद्योगी महसुल तिरुन् >> तिलोत्तमामा वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम >> भोलिदेखि बुटवलमा प्रथम मगर साहित्य महोत्सव >> बढे सम्बन्ध विच्छेदका मुद्दा >> साउदीअरबले काटयो पुष्पाः२ को १९ मिनेटको सिन >> सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, भोलीका पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै >> कोरियाली राष्ट्रपति बिरूद्दको महाअभियोगमा सत्तारूढ ५ सांसदले मतदान गर्ने संकेत >> नेप्सेमा आज दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ करोड बढीको कारोबार >> चीनमा ऋणसम्बन्धी कुनै कुरा भएन : प्रधानमन्त्री >> आश्रम बनाउन भोलीदेखि सुर्खेतमा महायज्ञ >> त्रिविले मङ्सिर २७ गते नीति अधिवेशन बोलायो >> रोटरी डाउनटाउनको लैगिक हिसा विरुद्ध अभिमुखिकरण >> पत्रकारमाथि धम्की र कुटपिट, पत्रकार महासंघको भर्त्सना

केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कुलमान

२ मंसिर २०८०, शनिबार
२ मंसिर २०८०, शनिबार

बुटवल, २ मंसिर ।   नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा केबलकारहरु अझ धेरै संख्यामा निर्माण गरी पहाडी र हिमाली क्षेत्रमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
हालसम्म नेपालमा केबलकार पर्यटकलाई यात्रा गराउने उद्देश्यले मात्र बनाइएको भन्दै उनले नेपाल जस्तो पहाड र हिमालको भू बनोट भएको मुलुकमा केबलकारलाई सडकको विकल्पमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने बताएका हुन् ।
शनिबार बुटवल र पाल्पा जोड्ने लुम्बिनी केबलकारको अवलोकनपछि पत्रकारहरुसंग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा केबलकारहरु सञ्चालन हुने संख्या बढ्दै जांदा यसले आन्तरिक विद्युत खपत समेत बढाउने बताए ।
पहाडी क्षेत्रमा सडक बनाएर इन्धनबाट ढुवानी गर्नु धेरै महंगो पर्ने, ब्यापार घाटा बृद्धि हुने र वातावरण समेत प्रदुषित हुने भएकाले सरकारले केबलकारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
घिसिङले केबलकारहरुले नेपालमा पर्यटन प्रवद्र्धन,रोजगारी सिर्जनासंगै स्वच्छ उर्जा खपतमार्फत वातावरण संरक्षणमा पनि योगदान गरिरहेको बताए । ‘केबलकारले पर्यटनमा टेवासंगै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेको छ’–घिसिङले भने–‘पहाडका चुनखानीहरुबाट सिमेन्ट उद्योगसम्म ढुवानी गर्न केबलकारहरु सबैभन्दा उपयुक्त विकल्प हुनसक्छ,त्यसतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्छ ।’
सो अवसरमा घिसिङले केबलकारको टप स्टेशनमा रहेको बुटवल–पाल्पा ३३ केभीए प्रशारण लाइनको समेत निरीक्षण गर्दै करेन्ट लागेर हुनसक्ने सम्भावित दुर्घटना रोक्न बसन्तपुरमा एउटा पोल थप्न निर्देशन दिए । घिसिङले कामाख्यादेवी मन्दिरको दर्शन र पुजाआजा समेत गरे ।
केबलकारका स्टेसन म्यानेजर डिएन कायस्थ सैंजूले स्थानीयसहित आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको लुम्बिनी केबलकारले प्रति महिना ६ लाख रुपैयां महशुल बराबरको विद्युत खपत गरिरहेको बताए । उनले केबलकारले स्थानीयलाई प्राथमिकता दिई करिब सय जनालाई रोजगारी दिएको र प्रत्येक टिकट दरको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई सेवा शुल्क वापत बुझाउंदै आएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?