© २०२३
बुटवल, २ मंसिर ।
रोटरी क्लव अफ बुटवलको १४ सय ८७ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष करुण खनालको अध्यक्षतामा बसेको बैठकको एजेण्डा बिजनेश रहेको थियो ।
बैठकमा आउँदो डिसेम्बर १ तारिखमा हुने डिजी भिजिट, यही मंसिर ५ गते काठमाडौंमा रोटरी क्लव अफ बुटवलले स्पा्न्सर गरेको रोटर्याक्टर चार्टड प्रोग्राम, जाजरकोट भुकम्पबाट प्रभावित बनेकाहरुका लागि रोटरीले गर्न सक्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा बोल्दै क्लव मेन्टर अजयमान श्रेष्ठले रोटरीयनहरुलाई क्लवमा टिकाइराख्न फेलोसिप र सर्भिस प्रोजेक्ट महत्वपूर्ण रहेको भन्दै यी दुई कुरालाई नेतृत्वले विशेष ध्यान दिएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
बैठकमा सहभागी रोटरी क्लव अफ काठमाडौं डाउनटाउनका प्रेसिडेन्ट इलेक्ट, पुर्व प्रहरी वरिष्ठ उपरीक्षक एवं अधिवक्ता राजकुमार बैदवारले रोटरीको मर्म र यसको लक्ष्यबारे सबै रोटरीयनहरुलाई बुझाउन नसक्दा क्लव छाड्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसलाई विशेष ख्याल गर्न सके रोटरीको महत्व अझै बढ्दै जाने बताए ।
इन्टर्याक्ट क्लव अफ कालिका मानवज्ञान माविका अध्यक्ष दिप्सन अधिकारीले आफूले डिष्ट्रिक इन्टर्याक्ट रेप्रिजेन्टेटिभ (डिआइआर) का लागि उम्मेदवारी दिने तयारी गरिरहेको भन्दै सबैसँग सहयोगको आग्रह गरे ।
बैठकमा क्लवका अध्यक्ष करुण खनालले जाजरकोट भूकम्पबाट विद्यालयहरुमा पनि क्षति भएकोले क्लवले कर्णाली प्रदेश सरकारसँग मिलेर ४ वटा विद्यालय भवन बनाउने गरी आवश्यक तयारी अगाडि बढेको जानकारी दिए ।
त्यस्तै रोटरीयन लालहरि पाण्डेले मंसिर ५ गते काठमाडौंमा हुने रोटर्याक्टरहरुको चार्टड कार्यक्रमको तयारीबारे जानकारी गराएका थिए । बैठकमा क्लवका सचिव तारानाथ भराईले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु इ. छविन्द्र भराई, मधुप्रकाश अर्याल, रुचिका पोखरेल भुसाल, विरेन्द्र रानालगायतले आआफ्नो धारणा राखेका थिए ।