© २०२३
काठमाण्डाै ।
नेपाल दूरसञ्चार प्राधिकरणले सिङ्गापुरमा रहेको टिकटक कम्पनीलाई पत्र पठाएर टिकटक बन्द गर्ने निर्णयबारे सरकारसँगै कुरा गर्न भनेको छ । यसअघि नेपालबाट टिकटक बन्द गर्ने निर्णय भएसँगै दूरसञ्चार प्राधिकरणलाई टिकटकले पत्र लेखेको थियो । त्यसपछि दूरसञ्चार प्राधिकरणले पत्र पठाएर सरकारको निर्णय अनुसार टिकटकलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको छ ।
पत्रमा दूरसञ्चार प्राधिकरणसँग भन्दा पनि नेपाल सरकारसँग नै यस विषयमा कुराकानी गर्न टिकटकलाई आग्रह गरिएको छ । सरकारको निर्णय कार्यान्वयनका लागि सहयोग गर्न टिकटकलाई आग्रह गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
गएको कात्तिक २७ गते सरकारले नेपालबाट टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यसबारे सामाजिक सञ्जालमा यसका पक्ष र विपक्षमा विभिन्न तर्क भइरहेका छन् । टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । यो रिटमाथि पर्सि सोमवार सुनुवाइ हुने भएको छ ।