© २०२३
सल्यान, २ मंसिर। सल्यानमा दुइवटा समूहले तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकम क्यान्सर तथा मृगौला पीडितको उपचारको लागि सहयोग गरेका छन् । जिल्लाको शारदा नगरपालिका १ पटनेरीका क्यान्सर र मृगौला पीडितलाई भैलो समूहले तिहारमा संकलन गरेको रकम सहयोग गरेका हुन् । स्थानीय युवा समूहले देउसी भैलो खेलेर संकलन गरेको ३२ हजार ९० रूपैयाँ क्यान्सर पीडित रूपा बुढाथोकीलाई हस्तान्तरण गरेको समूहका सदस्य तथा स्थानीय युवा सन्देश राईले जानकारी दिए ।
यसैगरी पटनेरी सामुदायिक साँस्कृतिक भैली समूहले २ जना क्यान्सर पीडित र एक जना मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । पटनेरी निवासी क्यान्सर पीडित रूपा बुढाथोकीलाई २५ हजार, क्यान्सर पीडित रिठ्ठा बहादुर खत्रीलाई १५ हजार र मृगौला पीडित नबराज बोहरालाई ५ हजार रूपैयाँ हस्तान्तरण गरिएको समूहका सदस्य एवं स्थानीय युवा न्युटन श्रेष्ठले बताए । गत वर्ष पनि यी दुवै भैली समूहले तिहारमा संकलित रकम मृगौला पीडित नवराज बुढाथोकीलाई सहयोग गरेका थिए ।