ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट
मणिग्राममा तेस्रो औद्योगिक ब्यापार मेला शुरु

दलहरुले देशलाई लुट्ने थलो बनाए : चन्द्र भण्डारी

१ मंसिर २०८०, शुक्रबार
१ मंसिर २०८०, शुक्रबार

तिलोत्तमा, १ मंसिर। तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव(२०८० ’ शुरु भएको छ।

सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापारझ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य डा। चन्द्र भन्डारीले गरे।

महोत्सवको उद्घाटन गर्दै सभासद भण्डारीले निकै दुस्ख र परिश्रमले ल्याएको संविधान कार्यान्वयन गर्न नसकेको बताए । उनले जनताको पहुच सरकार पुर्‍याउन बनाएको संयन्त्रले धान्न सक्छ वा सक्दैन त्यसमा ध्यान पुर्‍याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आईरहेको बताए। उनले राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउदै अहिलेको अवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको उल्लेख गरे ।
उनले देशको यही अवस्थाकाकारणले नेपाली बिदेशिने क्रम बढेको बताउँदै यसलाइ रोक्न आवश्यक रहेकोमा जोड दिए। उनले नेपालमा कर्मचारी तन्त्र तथा हरेक क्षेत्रमा प्रफम बढाउदै, रिफर्म तथा ट्रन्सफर्म आवश्यक रहेकोमा जोड दिए

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका भण्डारीले सरकार जनतालाइ दुख पर्दा बोल्नु पर्ने बताउदै दुख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको बताए। उनले आफुले सदन तथा सडकबाट उठाएको कुरा ८ देखि१६ प्रतिसत बैक ब्याज बढाउने काम गलत भएको बताउदै बैंकले लिलामी गर्ने प्रयास गरेमा हामी त्यसको बिरोधमा उत्रीने प्रतिबद्धता ब्यक्त गरे।

उनले देश लुट्ने थलो बनेको आरोप लगाउदै प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काम मात्रै भएको बताए। उनले नेपालका नेता खराब नभएपनी नेताका वरिपरि कस्ता मान्छे छन भन्ने कुरा महत्त्वपूर्ण हुने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी रहेको महसुस गरेको बताए।

भण्डारीले नेपालमा किसानहरुले फुल लगाउने समयमा लगाएपन बेच्ने बेलामा बाहिरबाट आएको फुलले बजार खादा नेपाली उत्पादनले बजार नपाएर फुल फाल्नुपर्ने अवस्था आएको बताए। उनले यसको बारेमा सरकार सचेत हुन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराए । रुपन्देही सबैभन्दा बसाइसराई भएर आएको ठाउँ भएको बताउदै सबैलाइ ब्यवस्थापन गर्नुपर्ने चुनौती थपिएकोले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले आर्थिक क्षेत्रमामा देखिएको मन्दी हटाउनलाई मेला महोत्सवले सहयोग पूग्ने बताए। पूर्व स्वास्थ राज्यमन्त्री समेत रहेका उनले नेपालका दक्ष जनशक्ति बिदेश गईरहनु निकै दुस्खद भएको बताउदै यसलाई रोक्नुपर्ने बताए।

कार्यक्रममा मेला स्थल जग्गाधनी मुक्ती पाठकले मेलाले तिलोत्तमा क्षेत्रका ब्यवसायीलाई आर्थिक चलायमान बनाउन सहयोगी बन्ने बताए।

जिल्ला समन्वय समिति संयोजक उमाकान्त चपाईले युवालाई स्वदेशमा नै रोक्न आवश्यक रहेकोमा जोड दिए। उनले यसमा सबैले ध्यान पूर्‍याउन आवश्यक रहेको बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आर्थिक मन्दीको यस समयमा मेला आयोजना हुनु सकारात्मक रहेको बताए। उनले मेलाको सफलताको लागि शुभकामना ब्यक्त गरे।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले महोत्सव सफल बनाउन आग्रह गरे । उनले सामान्य मेला जस्तो देखिएपनि यो मेलाको निकै महत्त्व रहेको बताउदै मेलाले रोजगार सिर्जना गर्दै आर्थिक चलायमानमा सहयोग गर्ने उल्लेख गरे। उनले मेला लगाउन स्थायी संरचना बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरि प्रसाद अर्याल, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेल प्रसाद शर्मा, जनमोर्चा नगर अध्यक्ष हर्क बहादुर टण्डन, तिलोत्तमा ५ का वडा अध्यक्ष रमेश डुम्रे , मेला सह आयोजक सस्था तिलोत्तमा ब्यापार संघका अध्यक्ष बाबुलाल भुसाल, सहआयोजक सस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएम लगायतले बोलेका थिए।

मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था,टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेष भुषा र झाकी गरि ११९ टोलि सहित प्रभात फेरि कार्यक्रम भएको प्रकाशन, जनचेतना र्याली श्रब्य दृष्य ब्यवस्थापन समितिका संयोजक हरिलाल पान्डेले जानकारी दिय ।

प्रभात फेरि कार्यक्रम मेला सचिवालय बाट कफि कम्पनी, मणिग्राम चोक, कृमसन अस्पताल हुँदै मेला सचिवालयमा पुगेर समापन हुनेर उत्कृष्ट झाकी प्रदर्शन गर्ने समुहलाइ पुरस्कार प्रदान गरिएको थियो।

थारु सास्कृतिक मयुर नाच बुटवल १९ प्रथम भएको छ भने श्रीकृष्ण युवा क्लब तिलोत्तमा १२ तुकतुकिया द्वितीय, तिलोत्तमा बहुमुखी सहकारी सस्था तिलोत्तमा २ तृतीय र मिलन आमा समुह तिलोत्तमा १४ टिकुलिगढ र जागृति आमा समूह तिलोत्तमा ५ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पान्डेले बताए ।

प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिए ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भन्डारी ९माधव०ले बताए।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्किले बताए ।

मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।

मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, संचारकर्मी, समाजसेवी एवं आमनागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा संघले बिश्वास लिएको सचिवालय तथा मंच ब्यवस्थापन समिति संयोजक ज्ञानेन्द्र कार्किले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?