ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

अनाथ आश्रमको अक्षयकोष एक करोड पु-याउन महायज्ञ

मेयर खांणले गरे २५ हजार दान, मेयर खांणले यो महायज्ञ सिंगो नगरपालिकाको महायज्ञ भएको भन्दै सबै वडाध्यक्ष र नगरवासीलाई उपस्थित भएर सहयोग गर्न आग्रह गरे । 
१ मंसिर २०८०, शुक्रबार
१ मंसिर २०८०, शुक्रबार

बुटवल, १ मंसिर ।

तीन दशकदेखि अनाथ–असहाय बालबालिकाको पालनपोषण र शिक्षा दिक्षामा समर्पित छिन् तिलोत्तमा–६ की मैनादेवी भण्डारी । बुबाको समाजसेवाबाट प्रभावित मैनादेवीले २०५३ सालमा रुपन्देहीको साविक आनन्दवनमा बाबुआमा गुमाएका सहाराविहीन अनाथ बालबालिकाका लागि गास, बास, कपास र शिक्षादिक्षाको लागि अनाथ आश्रम स्थापना गरिन् ।

आश्रम स्थापना गरेपनि आफ्नै भवन र सञ्चालन खर्चका नभएपछि मैनादेवीले शुरुका डेढ दशक गाउं गाउं डुलेर मुट्ठीदान संकलनबाट आर्थिक स्रोतको जोहो गरिन् । आश्रित बालबालिकालाई राशनपानी, लत्ताकपडा, शिक्षादीक्षा, औषधी उपचारमा मैनादेवीले आफ्नो व्यक्तिगत २५ लाख रुपैयाँ सकेकी छन् । अनाथ असहाय बालबालिकाप्रति मैनादेवीको समर्पण देखेर पछिल्ला वर्षहरुमा विभिन्न सामाजिक संघसंस्था र दाताहरुले खाद्यान्न लगायत आवश्यक जिन्सी सहयोग गर्न थाले ।

आश्रम चलाउन भाडाको घरमा बस्नुपरेको र पटक पटक आश्रम सार्नुपर्दाको दुःख देखेर मैनादेवीका श्रीमान् रामचन्द्रले १५ धुर जग्गा आश्रमको नाममा पास गरिदिए । त्यही जग्गामा मैनादेवीले दातासंग रकम मागेर १० कोठाको २ तले पक्की भवन बनाइन् । शुरुमा ३ जना अनाथबाट शुरु भएको आश्रमको आफ्नै भवन बनेपछि २५ जना सम्म राख्न मिल्ने भयो ।

६२ वर्षिय मैनादेवी र उनको परिवारका अधिकांश सदस्य रामचन्द्र–मैनादेवी अनाथ आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहार सुसार, उनीहरुको पालनपोषण र शिक्षा दिक्षाका लागि बिहानदेखि रातिसम्म खटेर आफै काम गरिरहेका छन् । किनकी आर्थिक स्रोतको अभावमा उनले काम गर्ने कर्मचारी राख्न सकेकी छैनन् । अहिले आश्रममा १२ जना बालक छन् । उनीहरुले तिलोत्तमाकै शान्ति नमूना माविमा पढिरहेका छन् ।

आश्रम सञ्चालनको खर्च जुटाउन मैनादेवीले अक्षयकोष स्थापना गरेर सहयोग संकलन शुरु गरिन् । चार वटा महायज्ञ पनि लगाइन् । जसबाट ५२ लाख रुपैयां संकलन भयो । तर त्यसको ब्याजबाट आउने मासिक ४२ हजार रकमले १२ जना बालबालिकालाई खाना, खाजा, कपडा, स्टेशनरी लगायत सामान किन्न रकम अपुग भएकाले अक्षयकोषको रकम एक करोड पु¥याउने लक्ष्य सहित पाचौं महायज्ञ सञ्चालन गर्न लागेको मैनादेवीले बताइन् । १२ जना बालबालिकाको पालनपोषण र शिक्षा दिक्षा सहित २ जना कर्मचारीलाई तलब दिन महिनामा कम्तीमा एक लाख रुपैयां खर्च हुने र त्यसका लागि अक्षयकोष एक करोड पुग्नुपर्ने उनको भनाई छ ।

‘आफ्नै घर नहुंदा घरधनीलाई चित्त नबुझ्ने वित्तिकै छाड्नुपर्ने र अन्त सर्नुपर्ने वाध्यता थियो, भवन भनेपछि धेरै सहज त भयो तर बालबालिकाको संख्या थपिंदै जांदा खर्च धान्न गाह्रो भयो’– मैनादेवीले भनिन्–‘उमेर ढल्कंदै गएपछि अब दिनभरि आश्रममा खटेर काम गर्न सक्ने अवस्था छैन, आश्रमलाई दीगोरुपमा चलाउन र कम्तीमा दुई जना कर्मचारी राखेर उनीहरुलाई तलब दिन अक्षयकोषलाई एक करोड पु¥याउनुपर्ने छ ।’

आश्रमममा २५ जना अनाथ बालक राख्न सकिने भौतिक पुर्वाधार भएपनि कर्मचारी राख्न नसक्दा अहिले १२ जना मात्र राखिएको मैनादेवीले बताइन् ।
मंसिर ८ गतेसम्म आश्रम पसिरमा सञ्चालन हुने महायज्ञमा ५० लाख हाराहरी आर्थिक संकलन जुटेमा अनाथ आश्रम दीगोरुपमा चलाउने आफ्नो सपना पूरा हुने मैनादेवी बताउंछिन् । आश्रममा नेपालका विभिन्न ठाउँबाट आएका बालबालिका छन् ।

महायज्ञ उद्घाटन गर्दै तिलोत्तमाका मेयर रामकृष्ण खांणले आश्रम स्थापना गरी अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दिक्षा दिनु सबैभन्दा ठूलो मानवीय धर्म भएको भन्दै नगरपालिकाले आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले व्यक्तिगत रुपमा २५ हजार रुपैयां सहयोग घोषणा गरे । उनले यो महायज्ञ सिंगो तिलोत्तमा नगरपालिकाको महायज्ञ भएको भन्दै १७ वटै वडाका वडाध्यक्ष र नगरवासीले सहयोग गर्नुपर्ने आग्रह गरे ।

समाजसेवी रोमणिप्रसाद पाठकले मानव सेवामा मैनादेबीको समर्पण र दुःखको जति प्रसंशा गरेपनि कम हुने भन्दै साथ दिन आग्रह गरे । आफ्नो जन्मदिनमा आश्रमलाई सहयोग गर्दै आएका समाजसेवी गोपाल रानाले अनाथ बालबालिकाको सेवामा मैनादेवीको समर्पण अनुकरणीय रहेको बताउंछन् । ‘हाम्रो जस्तो पितृसत्तात्मक मुलुकमा एकजना महिलाले अगुवाई गरेर अनाथ बालबालिकाको पालनपोषण र शिक्षादिक्षा दिनु ज्यादै अनुकरणीय काम हो,उहांको अभियानमा सबैले सक्दो सहयोग गर्नुपर्छ’–रानाले भने ।

मंसिर ८ गतेसम्म महायज्ञमा प्रेमसुजन शाष्त्री प्रमुख कथावाचक र निशान्त अधिकारी उपवाचक सहित ११ जना पण्डितहरुले संगीतमय कथावाचन गर्ने तथा ७ जना कलाकारको टोलीले झांकी र लिला सहित गीत र नृत्यमार्फत भक्तजनहरुलाई मनोरन्जन दिलाउने छन् । महायज्ञ सम्पन्न गर्न सनातनी युवा मञ्च तिलोत्तमाले आश्रमसंग सहकार्य गरेको छ । महायज्ञमा रात्रीकालिन झांकी र नृत्य विशेष आकर्षक बनाउने तयारी भएको मैनादेवीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?