ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

अनाथ आश्रम चलाउन आजदेखि तिलोत्तमा ६ मा महायज्ञ शुरु हुंदै

अक्षयकोष रकम एक करोड पुराउने लक्ष्य
१ मंसिर २०८०, शुक्रबार
१ मंसिर २०८०, शुक्रबार

तिलोत्तमा, १ मंसिर । तिलोत्तमा–६ मा सञ्चालित रामचन्द्र–मैनादेवी अनाथ आश्रममा आज मंसिर १ गतेदेखि श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ शुरु हुंदैछ । आश्रमलाई दीगोरुपमा चलाउन स्थापना गरिएको अक्षयकोषको रकम एक करोड पु¥याउने लक्ष्य सहित महायज्ञ सञ्चालन गर्न लागिएको हो । अनाथ आश्रमको अक्षयकोषमा अहिले ५२ लाख रुपैयां संकलन भएको छ ।

तर यसको ब्याजले आश्रम लाई दीगोरुपमा सञ्चालन गर्न वजेट अपुग भएकाले थप करिब ५० लाख रुपैयां संकलन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको आश्रमकी सञ्चालिका मैनादेवी भण्डारीले बताइन् । अक्षयकोषको रकम एक करोड पुगेको खण्डमा आश्रममा कम्तीमा दुई जना कर्मचारी राखेर आश्रमलाई थप व्यवस्थित रुपले सञ्चालन गर्ने योजना रहेको उनले बताइन् ।

कर्मचारीलाई तलब दिन रकम अभाव भएकाले हालसम्म मैनादेवी र उनको परिवारले आश्रम सञ्चालनका लागि सबै काम बिहानदेखि रातिसम्म खटेर आफै गर्नुपरेको छ । ‘अब उमेर र स्वास्थ्यले पनि दिनभरि खटेर काम गर्न सक्ने अवस्था छैन त्यसैले कम्तीमा दुईजना कर्मचारी राख्नैपर्ने अपरिहार्य छ,र कर्मचारीलाई तलब दिन अक्षयकोष कम्तीमा एक करोड हुनुपर्छ – मैनादेवीले भनिन् । आश्रमममा २५ जना अनाथ बालक राख्न सकिने भौतिक पुर्वाधार भएपनि कर्मचारी राख्न नसक्दा अहिले १२ जना मात्र राखिएको उनले बताइन् ।
मंसिर १ गते बिहान बाजागाजासहित वृहत कलश यात्रा गरिने र कलश यात्रापछि तिलोत्तमाका मेयर रामकृष्ण खांणले महायज्ञ उद्घाटन गर्ने कार्यक्रम रहेको मैनादेवीले जानकारी दिइन् ।

मंसिर ८ गतेसम्म महायज्ञमा प्रेमसुदन शाष्त्री प्रमुख कथावाचक र निशान्त अधिकारी उपवाचक सहित ११ जना पण्डितहरुले संगीतमय कथावाचन गर्ने तथा ७ जना कलाकारको टोलीले झांकी र लिला सहित गीत र नृत्यमार्फत भक्तजनहरुलाई मनोरन्जन दिलाउने छन् । महायज्ञ सम्पन्न गर्न सनातनी युवा मञ्च तिलोत्तमाले आश्रमसंग सहकार्य गरेको छ । महायज्ञमा रात्रीकालिन झांकी र नृत्य विशेष आकर्षक बनाउने तयारी भएको मैनादेवीको भनाई छ ।

२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट जिल्ला प्रशासन र समाज कल्याण परिषदमा दर्ता भएको आश्रम चलाउन आर्थिक स्रोत नभएपछि मैनादेवीले शुरुका वर्षहरुमा मुट्ठीदान संकलन गरेर चलाइन् । पछि विभिन्न संघसंस्थाको र दाताहरुको सहयोग पनि हुन थालेपछि सहज भएपनि दीगोरुपमा चलाउन अक्षयकोषको ब्याजबाट हुने आम्दानी नै उपयुक्त र भरपर्दो स्रोत हुने भएकाले यसपटक महायज्ञ गर्न थालेको मैनादेवीले खुलाइन् ।
आश्रम सञ्चालन गर्न झण्डै ३० वर्ष निरन्तर खटेकी मैनादेवीलाई उनका श्रीमान् रामचन्द्रले पनि उत्तिकै साथ दिएका छन् । श्रीमान् रामचन्द्रले १५ धुर जग्गा आश्रमको नाममा पास गरिदिएका छन् । त्यही जग्गामा आश्रम भवन बनेको छ । अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दिक्षा दिने पवित्र र महान कार्यमा समर्पित मैनादेवीले एक हप्तासम्म चल्ने महायज्ञमा उपस्थित भई गच्छे अनुसार दान र सहयोग गरिदिन सबैमा अनुरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?