ट्रेंडिंग:

>> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि……

समस्या नियन्त्रणको नाममा प्रविधिमाथि नै प्रतिबन्ध लगाउनु प्रत्युत्पादकः क्यान महासंघ

३० कार्तिक २०८०, बिहीबार
३० कार्तिक २०८०, बिहीबार

काठमाडौं ।

सरकारले बिनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले गम्भीर आपत्ति जनाएको छ । सरोकारवाला निकायहरूसँग आवश्यक छलफल र परामर्श नै नगरी हठात् गरिएको यो निर्णयले समस्या भन्दा चुनौती थप्ने क्यान महासंघको ठहर छ ।

सूचना र सञ्चार प्रविधिको विकास र विस्तारले अवसर र चुनौती दुवै स्वाभाविक रूपमा आउने भएपनि सरकारले प्रविधिलाई समस्याका रूपमा हेरी निषेध गर्न खोजेको क्यान महासंघका अध्यक्ष रञ्जित पोद्दारले बताए ।

‘समस्या नियन्त्रणको नाममा प्रविधिमाथि नै प्रतिबन्ध लगाउन खोज्नुले सरकारको नियत छताछुल्ल भएको छ,’ अध्यक्ष पोद्दारले भने, ‘कन्टेन्ट नियमन गर्न पहलै नगरी प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु प्रत्युत्पादक हुन्छ ।’

सूचना प्रविधिको विकासको गतिलाई रोकेर नरोकिने बताउँदै अध्यक्ष पोद्दारले यसको प्रयोगलाई व्यवस्थित गर्न राज्यले उचित ढंगले योजना ल्याउनुपर्नेमा जोड दिए ।

‘नेपालमा उपलब्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान महासंघ आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी आवश्यक जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौं,’ उनले भने ।

त्यस्तै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पछिल्लो समय नेपालमा टिकटक लोकप्रिय सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेकोमा यसको उपयोगिता ख्याल नराखी सरकारले बन्द गर्ने निर्णय गरेको प्रतिक्रिया दिए । टिकटकलाई करको दायरमा ल्याई व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सके देशको अर्थतन्त्रमा पनि सहयोग पुग्ने उनको तर्क छ ।

महासचिव अधिकारीले भने, ‘सञ्चार र मनोरञ्जनका लागि मात्रै नभई टिकटक सिर्जनशीलता देखाउने थलो बनेको छ । कसैका लागि आफ्नो विचार स्वतन्त्र रूपमा पस्कने माध्यम बनेको छ । त्यस्तै साना तथा मझौला आकारका व्यवसायी तथा स्टार्टअपलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेको छ । यस्ता सबल पक्षलाई वास्तै नगरी सरकार एक कदम अघि बढेर प्लेटफर्ममाथि नियन्त्रण गर्न खोजिरहेको छ, त्यो तरिका गलत हो ।’

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जालमा पनि थुप्रै समस्या भएको बताउँदै महासचिव अधिकारीले प्लेटफर्ममाथि बन्देज लगाउनु उचित समाधान नभएको बताए । साथै सरकारका यस्ता कदमका कारण डिजिटल नेपाल निर्माण कठिन हुने उनको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?