© २०२३
भैरहवा , २७ कात्तिक ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटिले सनिवार भैरहवामा बिगतका बर्षहरुमा जस्तै तर फरक किसिमको कार्यक्रमको आयोजना गर्दै दाजुभाई सम्मान गरेको छ । दाजुभाई र दिदीबहिनीको मेलमिलापको प्रतीक मानिएको तिहारमा फरक खालको सन्देश दिन ग्रिन सिटिले यस्तो कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहभागीले यसले आपसी मित्रता प्रगाढ हुने भन्दै यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि अघि बढाउन सुझाव दिए । लायन्स क्लब मा लागेका दाजुभाई दिदिबहिनी बिचको आपसी सम्बन्ध, भाईचारा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष मनोज क्षेत्रीले बताए ।
कार्यक्रममा लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ ए का जोन चेयर प्रसन तथा क्लबका पुर्व अध्यक्ष गोविन्द प्रसाद गिरिले क्लबमा लागेका महिलाहरुले चाडपर्वको अवसरमा दाजुभाईका बिचमा आपसी सम्बन्ध प्रगाढ राख्न र सांस्कृतिक महत्व कायम राख्न कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । उनले पश्चिमा संस्कृति र आधुनिकताले मौलिक संस्कृति संकटमा पर्न लागेको भन्दै यसलाई सबै मिलेर जोगाउनुपर्ने बताए । क्लबमा महिला सद्भस्य वृद्धि गर्न आग्रह गर्दै एकआपसमा मर्यादित भएर चाडपर्ब मनाउन आग्रह गरे । चाडपर्वबाट एक किसिमको संस्कारको विकास हुने उनले बताए ।
लुम्बिनी प्रेस क्लबका निबर्तमान अध्यक्ष पत्रकार नरेश केसी तथा प्रथम उपाध्यक्ष भिम थापाले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै सृष्टि पन्थी, क्लवका सचिव सन्जय कुमार गुप्तालगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । लायन्स क्लब अफ भैरहवाले दसै तिहार, तिज जस्ता चाड्बाडमा महिला दिदीबहिनीहरुलाई विशेष सम्मान गर्ने गरेको छ ।