© २०२३
बुटवल, २६ कार्तिक । आईतबार रिलिज भएको भारतिय फिल्म टाइगर थ्रि को बुटवलमा च्यारिटी शो गरिएको छ । जाजरकोटाका भुकम्प प्रभावित र अपाङता भएकाहरुको सहयोगार्थ लायन्स क्लब अफ बुटवल युथले बुटवल भ्यु सिनेमा हलमा फिल्मको च्यारिटी शो गरेको हो ।
सामाजिक कार्यमा अग्रसर क्लबले वार्षिक रुपमा सहयोग जुटाउनका लागि कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष नेहमत अलिले बताए ।
कार्यक्रममा सम्बोधन गर्दै लायन्स क्लब ईन्टरनश्नल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर अर्जुनमान सैजुले आर्थिक जुटाउन च्यारिटि शो एउटा महत्वपूर्ण पाटो भएको बताए । मनोरन्जनसंगै सानो रकम सामाजिक कार्यमा जाने हुदा पनि यो धेरै उपयुक्त भएको भन्दै उनले सहयोग सहि ढंगबाट लगाउन सुझाव दिए । लायन्स ईन्टरनेश्नलबाट भुकम्प प्रभावितलाई सहयोग प्रदान गरेको उनले बताए । डिष्ट्रिक अन्तरगत १ सय ७२ वटा क्लबहरु निरन्तर सामाजिक काममा अग्रसर रहेर काम गर्दै आएको उनले बताए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पि का फष्ट भिडीजी पुरुषोत्तम भक्त प्रधानाङ्ग, लायन्स डिष्ट्रिक ३२५ पि का सेकेण्ड भिडिजी बालाराम भट्टराईले डिष्ट्रिकमार्फत काठमाण्डौमा बिशेष ब्लड बैक र भुकम्प पिडितहरुको सहयोगका महत्वपूर्ण काम शुरु गरेको बताए ।
कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट जाकिर हुसैन, क्लबका सेकेन्ड भ्वाईस प्रेसिडेन्ट सुर्य पाण्डे, क्लबका पुर्व अध्यक्ष दिपक प्रसाद श्रेष्ठले लायन्सबादमा सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यबाद दिए ।
क्लबका सचिव जीवन काफलेले टिकट बिक्रीबाट संकलन भएको रकममध्ये खर्च कटाएर बचेको रकमलाई भुकम्प प्रभावित र अनाथ अपाङहरुलाई सहयोग गरिने बताए ।