ट्रेंडिंग:

>> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ

जाजरकोट भुकम्पः भूकम्पले प्रहरी संरचनामा क्षति, त्रिपालबाट सेवा गर्दै प्रहरी

२५ कार्तिक २०८०, शनिबार
२५ कार्तिक २०८०, शनिबार

सुर्खेत, २५ कात्तिक ।

एक सातायता भुकम्प प्रभावित क्षेत्रका प्रहरीहरु त्रिपालबाटै सेवा प्रवाह गरिरहेका छन् । जाजरकोट केन्द्रविन्दु भएर आएको भुकम्पले प्रहरी संरचनामा क्षति पु¥याएपछि उनीहरु त्रिपालबाटै सेवा दिदै आएका हुन् । भुकम्पका कारण उक्त क्षेत्रका अधिकांश संरचनाहरुमा क्षति पुगेको छ । भुकम्पले जाजरकोटमा रहेका २८ वटा प्रहरी संरचना मध्ये २६ वटामा बस्नै नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । एक साताअघि गएको भूकम्पले रुकुम पश्चिममा १० वटा प्रहरी कार्यालयहरूमा क्षति पु¥याएको छ । रुकुम प्रहरीका अनुसार १० मध्ये पाँच वटा पूर्णरूपमा ध्वस्त भएका छन् भने बाँकी पाँच वटामा आंशिक क्षति पुगेको छ ।

यता कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपाल भट्टराईका अनुसार भुकम्प प्रभावित जिल्लाहरुमा भाडामा प्रहरी चौकीहरु सञ्चालित रहेका छन् । तर, अधिकांश संरचनाहरु बस्न नमिल्ने भएपछि सेवा प्रवाह गर्न प्रहरीलाई समस्या भएको उनले बताए ।

रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन पूर्णरूपमा ध्वस्त भएको छ । पुरानो भवन भएकाले पुरै चर्किएकाले बस्न मिल्ने अवस्था छैन ।

यस्तै प्रहरी चौकी पुर्तिम काँडाको भवन पनि पूर्ण रूपमा ध्वस्त भएको छ । प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र इलाका प्रहरी कार्यालय आठबिसकोटको भवनमा पूर्ण रूपले भूकम्पले क्षति पु¥याएको छ । सोलावाङको आफ्नै भवनहो भने सिम्लि र आठबिसकोटको भाडाका भवनहरू हुन् । सिम्लि प्रहरी अहिले अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट प्रहरी पालमा बसेर सेवा दिइरहेको छ ।
बाँकी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र इलाका प्रहरी चौकी चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको छ । यी मध्ये चौरजहारीको भवन बस्न मिल्ने भएपनि बाँकी भवनहरू जोखिम मोलेर बस्नुपर्ने अवस्थामा रहेको रुकुम प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%