ट्रेंडिंग:

>> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि……

उपसम्पादक शर्मालाई ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार

२५ कार्तिक २०८०, शनिबार
२५ कार्तिक २०८०, शनिबार

तिलोत्तमा, २५ कात्तिक ।  तिलोत्तमा मिडिया क्लवद्वारा स्थापित ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार टोपराज शर्मालाई प्रदान गरिएको छ । क्लवले नेपालीहरुका विभिन्न चाडपर्वहरुका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा पत्रकार शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

२५ हजार राशीको उक्त “ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार” क्लवका प्रमुख सल्लाहकार एवं वरिष्ठ पत्रकार मोहन चापागाईंसँगको सहकार्यमा क्लवले स्थापना गरेको हो । क्लवले २०७९ सालको पत्रकारिता पुरस्कारबाट शर्मालाई पुरस्कृत गरेको हो । पुरस्कृत शर्मा न्युज बुटवल टुडेको उपसम्पादक छन् ।२०६१ सालदेखि पत्रकारितामा क्रियाशिल उनी यसअघि विभिन्न पुरस्कारबाट सम्मानित भैसकेका छन् ।

उनले यसअघि नेपाल पत्रकार महासंघ रुपन्देहीबाट उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार, तिलोत्तमा नगरपालिकाबाट उत्कृष्ट पत्रकार सम्मान, बुटवल उद्योग बाणिज्य संघबाट उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघ रुपन्देहीबाट उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार, उद्योग व्यापार संगठनबाट उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार, उत्कृष्ट फिचर लेखन पुरस्कार, उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार, उत्कृष्ट मानव अधिकार, शान्ति तथा लैंंिगक पत्रकारिता राष्ट्रिय पुरस्कार, उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार लगायत पर्यटन, कला, संगीत क्षेत्रका थुप्रै सम्मान प्राप्त गरेका छन् ।

शर्मालाई पुरस्कृत गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले पुरस्कारको गरिमालाई जोगाएर पत्रकारितामा अझै सशक्त ढंगले कलम चलाउन आग्रह गरे । उनले पत्रकारिता समाजको ऐना भएको भन्दै पत्रकारिताका माध्यमबाट उजागर गरिने विषयले समाजलाई सही दिशा निर्देश गर्न सक्नुपर्ने बताए ।

तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सञ्चार जगतको हातमा महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै सत्यतथ्यमा आधारित भएर कलम चलाउन आग्रह गरे ।

प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार अर्जुन ज्ञवालीले पत्रकारिता पुरस्कार पाउनु भन्दा यसको गरिमालाई जोगाइराख्नु ठूलो कुरा भएको भन्दै यसलाई शिरोधार्य मानेर अघि बढ्न सुझाव दिए ।

पुरस्कारका संस्थापक मोहन चापागाईंले आफूले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय अध्यक्ष हुँदा पाएको बैठक भत्ता बापतको रकमबाट पुरस्कारलाई तिलोत्तमा मिडिया क्लवसँग सहकार्य गरेको भन्दै आगामी दिनमा पनि अरु सामाजिक क्षेत्रमा पुरस्कारलाई बिस्तार गर्ने योजना रहेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले तिलोत्तमा मिडिया क्लवले प्रदान गरेका हालसम्मका दुईवटा पुरस्कार विवादरहित रहेको भन्दै यस्तै निष्पक्षतालाई कायम राख्दै अघि बढ्न सुझाव दिए ।

पुरस्कृत पत्रकार टोपराज शर्माले आफूले प्राप्त गरेको पुरस्कार रकममा २५ हजार थप गरी आफ्ना बुबा आमाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरे । कार्यक्रममा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष बीपी गौतम, संस्थापक अध्यक्ष लक्ष्मण पौडेल, सचिव कल्पना तिवारीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?