ट्रेंडिंग:

>> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि……

तिहारको अवसरमा सञ्चारिकाले ग-यो दाजुभाईलाई सम्मान

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

बुटवल, २४ कात्तिक ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा फरक किसिमको कार्यक्रमको आयोजना गर्दै दाजुभाई सम्मान गरेको छ । दाजुभाई र दिदीबहिनीको मेलमिलापको प्रतीक मानिएको तिहारमा फरक खालको सन्देश दिन सञ्चारिकाले यस्तो कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागीले यसले आपसी मित्रता प्रगाढ हुने भन्दै यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि अघि बढाउन सुझाव दिए । पत्रकार महिलाहरु मात्रै आवद्धसंस्था सञ्चारिका समूहले पत्रकारितामा लागेका दाजुभाईबिचको आपसी सम्बन्ध, भाईचारा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले बताइन् ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीलाई तिहार बिशेष दाजुभाई भेटघाट सम्मान २०८० बाट सम्मान गरिएको छ । कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञवालीलाई नेपाली ढाकाटोपी, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै अर्यालले रुपन्देहीमा पत्रकार महिलाहरुको सक्रियताको खुलेर प्रशंसा गरे । महिलाहरुले नेतृत्व लिएका संघसंस्थाहरु र कार्यालयमा भ्रष्टाचार नभएको, अनुशासन कायम रहेको भन्दै पत्रकार महिलाहरुले चाडपर्वको अवसरमा दाजुभाईका बिचमा आपसी सम्बन्ध प्रगाढ राख्न र सांस्कृतिक महत्व कायम राख्न कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । उनले पश्चिमा संस्कृति र आधुनिकताले मौलिक संस्कृतिसंकटमा पर्न लागेको भन्दै यसलाई सबै मिलेर जोगाउनुपर्ने बताए । अर्यालले पत्रकारले जहिले पनि खोजी पत्रकारितामा कलम चलाउन आग्रह गर्दै एकआपसमा मर्यादित भएर चाडपर्ब मनाउन आग्रह गरे ।
कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकले चाडपर्वबाट एक किसिमको संस्कारको विकास हुने बताए ।

रुपन्देही पत्रकार बिचको समावेशिता र समानता उदाहरणीय रहेको बताउँदै सत्यताको कसीमा बाँधेर समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे । बिकले चाडपर्वको समयमा पटका पड्काउन कानुनी रुपमा बर्जित गरिएकोले सांस्कृतिक रुपमा देउँसी भैलोका गितहरुबाट रमाईलो गर्नपर्ने बताए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले फरक ढंगबाट कार्यक्रमको आयोजना गरेको बताउँदै आजको कार्यक्रममा सहभागी हुँदा खुशीको सिमा नरहेको बताए ।

पत्रकार महासघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार समाजका ऐना भएकोले फरक ढंगको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । पत्रकारको भौतिक सुरक्षाका बिषयमा संवेदनशील हुन प्रहरी प्रशासनलाई आग्रह गरे । अहिले सामाजिक संजालका कारण पत्रकारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा समस्या परेको भन्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरे । बरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले महिला सञ्चारकर्मीको सक्रियताले अब समानता कायम भएको अनुभुती भएको बताए ।

सम्मानित व्यक्तित्व अर्जुन ज्ञवालीले आज सम्म धेरै ठाउँमा सम्मानित भएको तर पत्रकार महिलाहरुले तिहारको अवसरमा गरेको सम्मानले मन हर्षित भएको बताए ।

बुटवल उद्योग बाणिज्य संघका रुपनदेहीका अध्यक्ष हरि अर्यालले पारिवारिक र सामाजिक सद्भाव बढाउने कार्यक्रम जुनसुकै सस्थाले पनि आयोजना गर्नुपर्ने बताए । संघले तिहारको अवसरमा दिपावली महोत्सवको आयोजना गरेको जानकारी दिदै सबैको साथ सहयोग र सामिप्यताको उनले अपेक्षा गरे ।

शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोबिन्द खनालले एकआपसमा आत्मियता साटासाट गर्ने कार्यक्रमले समाजमा सकारात्मक सन्देश जानेगरी आयोजना गरिएको कार्यक्रमलाई नितन्तरता दिनुपर्ने बताए । रुपन्देहीमा रहेका क्रियाशिल पत्रकारहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सञ्चारिका समूह लुम्बिनीका कोषाध्यक्ष उषाकिरण पन्थ, सचिव माया केसी र सदस्य तथा कार्यक्रम संयोजक रिया क्षेत्रीले बोल्दै दाजुभाई दिदिबहिनी बिचको सम्बन्ध र तिहारको महत्वका बिषयमा आ आफ्ना भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?