ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

तानसेनमा रोटी महोत्सव सुरु

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

पाल्पा, २४ कात्तिक ।

तिहारलाई लक्षित गरेर परम्परागत कला संस्कृति तथा खानपानको जगेर्ना गर्ने उद्देश्यले तानसेनको टक्सारटोलमा दुई दिने रोटी महोत्सव सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य संघ, तानसेन नगरपालिका, वडा नंं. ३ को कार्यालय र मैत्री क्लव तानसेनको आयोजनामा सुरु भएको रोटी महोत्सवमा स्थानीयस्तरमा उत्पादित रोटीहरु फिनी, लाखा, जुम्ली, अनरसा अर्सा, झिनिया, सेल, झर, पाते, लहरा तथा खुर्मा जस्ता विभिन्न रोटीका प्रकारहरु राखिएका छन् ।

तानसेनको बजारलाई चहलपहल बनाउन, स्थानीय उत्पादनको बिक्री वितरण बढाउन, स्थानीय स्तरमा रोजगारी बढाउन महोत्सवले सहयोग पुग्ने लुम्विनी प्रदेशका सभासद एवं पुर्व उर्जामन्त्री विर बहादुर रानाले बताए । महोत्सव शुभारम्भमा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द भट्टराई, तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख सागरमान महर्जन, वडा नंं. ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, मैत्री क्लव तानसेनकी अध्यक्ष मनिता शाक्य, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले यस्ता महोत्सवले परम्परागत कला संस्कृतीको नयाँ पुस्तालाई जानकारी गराउने र स्थानीय स्तरमा रोजगारी बढाउने बताए ।

महोत्सवमा आउने पाहुनाहरुलाई अन्य स्थानमा भन्दा सस्तो र गुणस्तरीय रोटीहरु उपलब्ध गराउने महोत्सव संयोजक रञ्जना थापा अर्यालले बताईन् । महोत्सवमा विभिन्न प्रकारका रोटीहरुको १५ वटा स्टलहरु राखिएका छन् । महोत्सवमा छमछमी कला केन्द्रले विभिन्न सांगेतिक कार्यक्रम प्रस्तुत गरेको थियो । रोटी महोत्सव शनिवार सम्म चल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission