ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

मानव स्वस्थ्य रहन प्राकृतिक आयुर्वेद

रोटरी डाउनटाउनले जाजरकोट भुकम्प पीडितलाई एक लाख सहयोग गर्ने
२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

बुटवल, २४ कात्तिक ।

मानव स्वस्थ रहन प्राकृतिक आयुर्वेद जीवनशैली अप्नाउनुपर्ने कामधेनु गौशालाका प्रमुख संरक्षक योगी सोमराज महाराजले सुझाव दिएका छन् । शरीरलाई उर्जा प्राप्त गर्न खाना आवश्यक हुने भए पनि वर्तमान जीवनशैलीमा खाएको पचाउन उर्जा खर्च हुने अवस्थाको कारण मानव अस्वस्थ बन्दै गएको उनले दाबी गरेका छन् ।

रोटरी क्लब अफ बुटवल डाउन टाउनको ९५७ औ नियमित बैठक तथा शुभ दिपावली तथा छ्ठ पर्वको शुभकामना आदाप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयु शब्दको अर्थ जीवन र वेदको अर्थ विज्ञानबाट आयुर्वेद उत्पन्न भएको बताए । निरोगी शरीर बनाउनु पहिलो सुख भएको भन्दै विचार, आहारबिहार, पंचतत्वको सन्तुलनबाट यो प्राप्त हुने उनले बताए । मानिसहरुको स्वस्थ्यप्रति खेलबाड भैरहेको भन्दै अहिलेको खानपिन मन्द विष भएको उनको जिकिर छ ।

मेटाबोलिज्मको कारण नै अहिले मानिसहरुमा दीर्घरोगहरु देखा परिरहेको उनले दाबी गरे ।
तितो र टर्रो बस्तु पाचन प्रकृयामा उपयुक्त हुने उनले सुझाव दिए । सुत्नेबेला शरीर आराम गर्ने समय भएको भन्दै सुत्नुभन्दा ३ घण्टा अघि कुनै पनि खाना सेवन लिन नहुने उनले बताए ।

मित्ररोग र सत्रुरोगका बारेमा ज्ञान लिन जरुरी रहेको उनले बताए । खाना पकाउदा प्रयोग हुने भाँडाकुडाले समेत नकारात्मक उर्जालाई बल गर्ने भन्दै भोजन पकाउदा गिल्टीमा पकाउनु ठिक नहुने बरु माटोमा पकाउनु सबैभन्दा उपयुक्त हुने उनको तर्क दिए ।

ऋतु अनुसार खानपानमा समेत ध्यान दिनुपर्ने तर्क दिदै उनले पित्त वृद्धि हुने बेला भएकाले अहिलेको अवस्थामा तितोटर्रो खानपान गर्नुपर्ने बताए । लक्ष्मी पुजाको एक दिनमात्र पुजा गरेर गाईहरु बचाउन नसकिने भन्दै उनले सबैको साथ सहयोग जरुरी रहेको उनले बताए ।

सडकका करीब ४ सय बढी छाडा चौपायालाई गौशालामा पालिरहेको उनले बताए । दूध नदिने गाई राखिएको ब्यवस्थित गौशालामा भलुही उत्कृष्ट भएको बताए । बैठकमा क्लबका अध्यक्ष कमला हमालले क्लबका सदस्यहरुको स्वस्थ्यबारे सचेत हुने गरि कार्यक्रम तयार गरेको बताईन ।

क्लबका पुर्व अध्यक्ष विमलराज भट्टराईले नेपाली धर्मसंस्कृति रहनसहन प्रकृतिमैत्री रहेको भन्दै यसको रक्षा गर्दै नया पुस्तामा लैजान जरुरी रहेको बताए ।

बैठकमा क्लबका सदस्य डिबि रायमाझीले आफू बैदेशिक कामको सिलसिलामा रोटरी अन्तर्राष्ट्रिय अन्तर्गत क्यानडाको क्लबमा बस्ने अवसर पाएको अनुभव सुनाए । रोटरीयन सदस्यको पहिचानसंगै एक आपसमा सम्मान आदर महत्वपूर्ण हुने र शिक्षा परियोजनामा सहकार्य गर्न चाहना ब्यक्त गरेको उनले बताए । रोटरी ईन्टरनेशनलका धेरै नेतृत्व पाएको क्लबमा आफू पुगेर अनुभव सिक्न पाएको उनले बताए ।

बैठकबाट पुर्वअध्यक्ष जीवन अधिकारीलाई डिजि सेलेक्सनमा पठाउने तथा जाजरकोटमा भुकम्प पीडितहरुलाई रोटरी डिष्ट्रिकमार्फत १ लाख १ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय भएको सचिव प्रकाशराज पौडेलले बताए ।

बैठकबाट पुर्वअध्यक्ष जीवन अधिकारीले सडक दुर्घटना अहिले ठूलो समस्या देखिएको भन्दै मंसिर ३ गते वृहत सचेतनामुलक कार्यक्रम गर्न लागिएको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?