ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

पत्रकार महासंघ रुपन्देहीद्वारा भूकम्प प्रभावित सञ्चार संस्था र पत्रकारका लागि २५ हजार सहयोग

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

बुटवल,२४ कात्तिक । बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा प्रत्यक्ष रुपमा प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमको राहातका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले एक विज्ञप्ती जारी गरी जनतालाई निरन्तर सूचना र समाचार प्रवाह गर्ने पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपदको बेला राहात स्वरुप नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका तर्फबाट केन्द्रीय समितिले आह्वान गरेको प्रभु बैंकमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको उल्लेख छ । महासंघ केन्द्रको आह्वान र जिल्ला शाखासँगको समन्वयमा विपदमा साथ दिने उदेश्यले रुपन्देही शाखाका तर्फबाट सबै जिल्लालाई सहयोगका लागि अपिल गर्दै सहयोग गर्ने निर्णय गरिएको महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले बताए ।

भुकम्पले सबैलाई क्षति गराएको भएपनि निरन्तर सूचना प्रवाहमा खटिएका सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहातका लागि सहयोग गरिएको सचिव परियारले बताए । महासंघले विपदमा सहयोगका लागि शुभेच्छुकहरुलाई सहयोगका लागि जिल्ला शाखाका तर्फबाट अपिल समेत गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको प्रभु बैंकमा रहेको ०१८००१९४७०१०००१२ खाता नम्बरमा जम्मा गर्न आह्वान गरेको छ ।

प्रारम्भिक विवरणमा जाजरकोट र रुकुम पश्चिममा ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षती भएको छ ।

यस्तै शुक्रबार बसेको बैठकले नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँगको सहकार्यमा स्थापना गरेको ‘उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७९’ महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा अर्थविद मनिकर कार्की र रुपन्देही उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल रहेको मूल्यांकन समिति गठन गरेको छ ।

यस्तै रुपन्देहीको भैरहवालाई कर्मथलो बनाई विगत २० बर्षदेखि क्रियाशिल पत्रकारिता गरिरहेका पत्रकार मनोरञ्जन शर्मा जटिल रोगका कारण उपचार गराईरहेकाले उपचारका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीका तर्फबाट २५ हजार उपचारका लागि सहयोग गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?