ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

दुर्घटना न्यूनिकरण गर्न चालकलाई प्रशिक्षण

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

पश्चिम नेपाल बस ब्यबसायी प्रालिले सवारी आन्तरिक ब्यवस्थापन तथा दुर्घटना न्यूनिकरण सम्बन्धी अभियानलाई तीब्रताका साथ आगाडि बढाएको छ ।

चालकहरुको लापरवाहीले पनि सवारी दुर्घटना हुनका साथै धनजनको पनि क्षति हुने गरेको कारण यसलाई न्यूनिकरण गर्ने उद्देश्यले प्रा.लि.ले बुटवलमा सवारी चालकहरुलाई आन्तरिक ब्यवस्थापन तथा दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी चालकहरु नियममा रही अनुशासनको पालन गर्नुपर्ने विषयमा जोड दिंदै मानव सभ्यतालाई ख्याल गरी यात्रुहरुसँग नम्र व्यवहार गर्नुपर्छ र मात्र असल चालक हुने बताईन् ।

पाण्डेले मानव जिवनमा सवारी चालकहरू सबैभन्दा ठूलो उद्दारकर्ता पनि भएको भन्दै सबै यात्रुहरुको जिवन चालकसँग जोडिएको हुन्छ त्यसकारण पनि मानिसको जिवन बचाउन चालकको महत्वपूर्ण भूमिका भएकोले लापरवाही नगर्न र मानिसको जीवन प्रति गम्भीरता पूर्वक ख्याल गरी सवारी चलाउँदा दुर्घटना कम हुने दाबी गरिन् । छिटो गन्तब्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा नभएर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई उनले आग्रह गरिन् ।


पश्चिम नेपाल बस ब्यवसायी प्रालिका संचालक तथा आन्तरिक सवारी ब्यवस्थापन तथा दुर्घटना न्यूनिकरण शाखाका संयोजक तथा प्रशिक्षण कार्यक्रमका अध्यक्ष नारायण प्रसाद घिमिरेले चालकले सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने विषय, चालको व्यक्तित्व, नियम र चालकले यात्रुहरुसँग गर्ने व्यवहार बारे प्रशिक्षण दिएका थिए । त्यसका लागि चालक तथा परिचालक अनुशासित मर्यादित बन्ने सवारी चालक अनुमति पत्र, विलबुक, सवारीको यान्त्रिक अवस्था, यात्रुप्रति गरिने व्यवहार आदिको समेत छड्के चेकजाँच हुने र प्रशिक्षणमा सिकाईएका कुराहरु र नियम उल्लंघन गर्ने चालकहरु कारबाही समेत गरिने घिमिरेले बताए ।

पश्चिम नेपाल बस व्यवासायी प्रालिका प्रवन्ध संचालक रामचन्द्र भुसालले प्रत्येक वर्ष चालकको कारण हुने मानवीय क्षति वा सवारी दुर्घटनामा करोडौं रकम खर्चिनु पर्ने गम्भीर बिषय भएको बताए । तर पछिल्लो समय यस्तै दुर्घटना न्यूनिकरणका लागि चलाएको प्रशिक्षणले ३५ देखि ४० प्रतिशत दुर्घटना कमी भएको बताउँदै उनले पश्चिम नेपाल बस व्यवसायी प्रा.लि बुटवलले बिगतमा संचालन गरेको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण प्रशिक्षण कार्यक्रमको प्रभाव राम्रो भएको कारण चालक प्रशिक्षणलाई निरन्तरता दिईरहेको बताए ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका अध्यक्ष मोहन केसी, प्रालिका संचालकहरु जितेन्द्र खत्री, मोहन पिएस र सञ्चारकर्मी शरण कर्माचार्य लगायतले बोल्दै सवारी दुर्घटना हुने बिभिन्न कारण सडक, यान्त्रिक उपकरण चेकजाँच मानवीय कारण र यसले निम्ताउने जोखिमबाट बच्नका लागि चालकहरुले अपनाउन सकिने सुरक्षात्क उपायहरु र सवारी दुर्घटना कमगर्ने उपायहरुबारे चर्चा गरेका थिए । प्रशिक्षण कार्यक्रममा लामो तथा छोटो दुरीमा सवारी साधन चलाउने चालकहरुको उपस्थिति रहेको थियो ।

२५ सय बढी बसहरु संचालनमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रालिले २०६६ सालदेखि चालक र सहचालहरुलाई आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?