ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

लुम्बिनीमा नेपाल–भारत डिआईजीस्तरीय समन्वयात्मक सुरक्षा बैठक

२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

कपिलवस्तु, २४ कार्तिक । रुपन्देहीको लुम्बिनीमा नेपालको विन्ध्यबासिनी मुख्यालय र भारतको भारतिय शसस्त्र सिमा बल सेक्टर हेड क्वाटर लखिमपुर खिरी तथा सेक्टर हेड क्वाटर गोरखपुर बिच डिआईजी स्तरीय समन्वयत्मक सुरक्षा बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यबासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा रुपन्देहीको लुम्बिनीमा दुई देशिय समन्वयात्मक सुरक्षा बैठक भएको हो । बैठकमा सिमा सुरक्षा, भंसार छली गरि अबैध रुपमा हुने सामान ओसार पसार नियन्त्रण, सिमास्तम्भ मर्मत सम्भार, मानव बेचबिखन ओसार पसार रोकथाम, हात अतियार तथा लागु औषध ओसारपसार नियन्त्रण र सुचना आदान प्रदान गर्ने बिषयमा छलफल भएको हो ।
सिमा क्षेत्रमा लक्षित दुई देशिय सुरक्षा संवेदनशिलताका बिषयमा गम्भिर छलफल गरि दवै पक्षका सुरक्षा निकायको थप प्रभावकारी तैनाथी, दशगजा क्षेत्र खाली गरि सरसफाई र सुन्दरताका लागि दुवै देशका सुरक्षा फौजबाट संयुक्त अभियान, सिमापार नेपाल भारतका नागरिकको सुरक्षा आवतजावतको लागि हेल्प डेस्कहरु स्थापना गर्ने, सुचना आदान प्रदान गर्ने बिषयमा दुवै पक्ष सहमत भएका थिए । बैठकमा सशस्त्र प्रहरी बल विन्ध्यबासिनी बाहिनीका सहायक बाहिनीपति शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गंगाराम श्रेष्ठ र भारतिय सीमा सुरक्षा दल सेक्टर हेड क्वाटर गोरखपुरका डिआईजी अखिलेश्वर सिंहले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा विन्ध्यबासिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अभिकुमार खत्री सहित भारत सँग सिमा जोडिएका जिल्लाका गणपतीहरु तथा भारतिय सिमा सुरक्षा बल एसएसबी सेक्टर हेड क्वाटर लखिमपुर खिरीका डिआईजी जे डि बशिष्ठ तथा सेक्टर हेड क्वाटर गोरखपुरका डिआईजी अखिलेश्वर सिंह सहित भारतिय सिमा सुरक्षा गणका कमाण्डेन्टहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?