Butwal Today

पुल र अस्पताल उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड रोल्पामा

२४ कार्तिक २०८०, शुक्रबार
अ+
अ-

बुटवल,२४ कात्तिक । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन आज रोल्पा पुगेका छन्।

उनी आज बिहान काठमाडौंबाट रोल्पा हेलिकप्टरमा पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड थबाङका स्थानीय बासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्‌घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री प्रचण्डले आजै निर्माण सम्पन्न भइसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्‌घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । दाहालले आजै नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति रोल्पाले खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।