© २०२३
तिलोत्तमा, २४ कात्तिक ।
एफइसी बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना शेयर सदस्य पदम श्रेष्ठको निधन भएकोमा उनको परिवारलाई राहत प्रदान गरेको छ । एफईसी धनकोस साकोस रूपन्देही तिनपा ९ अन्तर्गत गुल्मी रूरू गाउँपालिकाको बलेटक्सारमा रहेको सहयोगी सेवा केन्द्रका सक्रिय सदस्य श्रेष्ठको केही दिनअघि निधन भएको थियो ।
उनको निधनमा श्रदान्जली दिन र परिवारलाई समवेदना व्यक्त गर्न गुल्मीको टाहटिम पुगेको सहकारीको टोलीले श्रेष्ठ परिवारलाई राहत रकम प्रदान गरेको हो ।
सहकारीका अध्यक्ष तारानाथ कंडेलले राहतस्वरुप एकलाख १५ हजार रुपियाँको चेक श्रेष्ठ परिवारलाई हस्तान्तरण गरेका हुन् । परिवारमा समवेदना सहित राहत प्रदान गर्न सहकारीका अध्यक्ष कंडेलसहित सञ्चालक सदस्य बेदप्रसाद कंडेल, हरिप्रसाद कंडेल, कमल श्रेष्ठ र अन्य शेयर सदस्यका साथै वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवाली गुल्मी पुगेका थिए ।
सहकारीले एक कार्यक्रमका बीच स्वर्गीय श्रेष्ठको परिवारलाई राहत प्रदान गरेको सहयोगी सेवा केन्द्रका कर्मचारी नेत्र ज्ञवालीले बताए ।