ट्रेंडिंग:

>> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि……

हसनापुर मावि गैंडहवाको ५८ औं वार्षिकोत्सव

२३ कार्तिक २०८०, बिहीबार
२३ कार्तिक २०८०, बिहीबार

गैंडहवा, २३ कात्तिक ।

रुपन्देहीको गैंडहवा गाउँपालिका वडा न ८ मा सन्चालित हसनापुर माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव सप्पन्न भएको छ ।

कार्यक्रममा गैंडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफुले अध्ययन गरेको विद्यालय हसनापुर माध्यमिक बिद्यालयलाई सधै प्राथमिकता राख्ने बताउँदै आफुले अध्ययन गरेको बिद्यालयको बिगतको बारेमा जानकारी गराएका थिए । उनले शिक्षाको गुणस्तर बिना समाज परिवर्तन हुन नसक्ने बताउदै भौतिकसँगै शिक्षाको गुणस्तरमा गाउँपालिकाले निरन्तर काम गरेको बताए ।

आफुले अध्ययन गरेको बिद्यालयमा र अन्य बिद्यालयमा आफ्नो तलब भत्ता शैक्षिक क्षेत्रमा लगाउने र हसनापुर माध्यमिक बिद्यालयलाई ३ लाखको अक्षय कोष स्थापन गर्ने अध्यक्ष पौडेलले बताए । साथै पौड्यालले शिक्षा सुधारमा शिक्षक, अभिभावक, बिद्यार्थी उत्तिकै महत्वपूर्ण रहेको बताउँदै कुनै बिद्यार्थी अभिभावक बिहिन भएमा गाउँपालिकामा सम्पर्क राख्न अनुरोध गरे । साथै हसनापुर माध्यमिक बिद्यालयको शैक्षिक सुधार संगै बिद्यालयको सफलताको शुभकामना ब्यक्त गरे ।

फरक प्रसंगमा अध्यक्ष पौडेलले अहिले बिकास निर्माणमा सबै राजनीतिक पाटी एक ठाउँमा आउनुपर्ने बताउँदै राजनीति २०८४ चुनावको समयमा गर्नुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा अध्यक्ष भुवन कुमार राना, गैडहवा शिक्षा शाखा प्रमुख माधब राज पौड्याल, सूर्य पूरा माध्यमिक बिद्यालयका प्र.अ रामजी आचार्य , नमुना शिक्षा एङ्लिश स्कुलका रामलाल लोध लगायतले विद्यालयको सफलताको शुभकामना दिएका थिए । बिद्यालयका प्रधानाध्यापक रमेश कुमार नाउले विद्यालयको आय व्यय प्रस्तुत गरेका थिए । उनले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयका सुधार गर्नुपर्ने बारेमा जानकारी दिएका थिए ।

बिद्यालयका बिद्यार्थीलाई वार्षिकोत्सब अन्तर्गत विभिन्न खेलकुदमा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार सहित सम्मान गरिएको थियोे । कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष विनोद वरई, शिक्षक भागिरथ पोख्रेल, कल्पना भण्डारीलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?