© २०२३
बुटवल,२२ कात्तिक । नेकपा एमालेले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय सचिवालय बैठकले आगामी १ मंसिरदेखि स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष विष्णु पौडेलले बताए । पौडेलका अनुसार, एमाले स्वयमसेवकले पाँच हजार कार्य दिनमा एक करोड बढीको काम गर्नेछन् ।
स्वयम सेवक परिचालनको संयोजन कर्णाली प्रदेश कमिटीले गर्ने एमालेले निर्णय गरेको छ । बैठकले भूकम्प पीडितहरुका लागि संकलित राहत सामग्री प्रभावकारी वितरण गर्न सरकारसँग माग राखेको छ ।
‘राहत संकलन भएर प्रभावकारी वितरण नभएको, राजनीतिकरण भएको र त्यहाँ विपद् पर्यटन जस्तो देखिएकाले सरकारको गम्भीर गम्भीर ध्यानाकर्षण गराएको उपाध्यक्ष पौडेलले बताए ।