ट्रेंडिंग:

>> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि……

बजारको मुख्य ठाउँमै छैन शौचालय

२२ कार्तिक २०८०, बुधबार
२२ कार्तिक २०८०, बुधबार

पाल्पा, २२ कात्तिक ।

प्राचीन नगरी तानसेन बजार परापुर्व कालदेखि नै स्वच्छ र वातावरणीय रुपमा परिचित छ । पछिल्ला दिनहरुमा तानसेन आन्तरिक तथा बाह्य पर्यटकको लागि मुख्य गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ । पहाडको रानी भनिने नगरको बसपाक मै सार्वजनिक शौचालय छैन भन्दा सबैलाई अचम्म लाग्ला ।

यही बसपार्कदेखि गुल्मी, अर्घाखाँची, बाग्लुङ जिल्लालाई गन्तव्य बनाएका ठूलो सख्याका यात्रुहरु हुन्छन् । तर उनीहरु शौचको आवस्था आई परे होटलहरुको भर पर्नुपर्ने वाध्यता भएको स्थानीयहरु बताउँछन् ।

“बसपार्कमा उत्रिएका यात्रुहरु शौचालय जान आत्तिन्छन्, तिनीहरुलाई कहाँ पठाउने, दैनिक रुपमा यस्ता यात्रुहरुले हाम्रो शौचालय प्रयोग गर्दछन्, जसले गर्दा आफनो शौचालय सार्वजनिक जस्तै भएको छ”–स्थानीय किरण चित्रकार भन्छन् । “यतिबेला पर्यटक आउने समय हो । आन्तरिक पर्यटकको समेत भिड लाग्दछ । कुनै दिन सय जना भन्दा बढीलाई सहयोग गर्नु पर्दछ । पानीको समस्या भएको ठाउँमा त समस्यै हुँदो रहेछ”– उनले भने ।

“बाहिरबाट आएका आन्तरिक तथा वाह्य पर्यटकको सवारी साधनको पार्किङ गर्ने भनेको टँुडीखेल नै हो । एउटा बसमा ३० देखि ४० जना सम्म आउँछन् । उनीहरुले हाम्रो सौचालय प्रयोग गर्दछन् । मानवीय धर्म सम्झेर शौचालय प्रयोग गर्न दिनु पर्दछ तर तानसेनमा पानीको त काकाकुल नै हो । धारामा पानी नआउँदा समस्या नै हुन्छ”–स्थानीय रोमकान्त न्यौपाने भन्छन् ।

यो समस्या अहिले सृजना भएको होइन पुरानै हो । नागरिता, राहदानी वा अन्य प्रशासनिक कामका लागि आएका वा बिरामी भएर औषधी गर्न गर्नका लागि होस्, जो केहीलाई पनि यस्तै समस्याले सताउने गर्दछ । तानसेन बजारको मुख्य मुख्य स्थानमा शौचालय नभएका कारण तानसेन आउनेलाई उत्पन्न हुने समस्या पुरानै भएको स्थानीय माधव पाण्डे बताउँछन् । “प्रयाप्त मात्रामा पानी भएका कारण केही हुँदैन थियो, यहाँ त ट्याङ्करले धानेको छ पानी । स्थानीय सरकारको जिम्मेवारी होटल व्यवसायीले पूरा गर्नु परेको छ”–उनले भने ।

नगर सरकारले सार्वजनिक शौचालय निर्माण गरेको दावी गर्दै आएको छ । यस अगाडि निर्माण भएका सार्वजनिक शौचालयहरुको नाम निसाना नै छैन । टुँडीखेलमा नगर सरकारद्वारा निर्मित शौचालयका विषयमा यस क्षेत्रका लागि मात्र जानकारी छ । अन्यत्रको पनि यस्तै हो । जहाँ आवश्यकता हो त्यहाँ छैन । अर्कोतर्फ यस विषयमा कुनै पनि निकायको ध्यान नपुगेको हो । बजारमा बसोबास गर्नेलाई समस्या नै हँुदैन ।

वडा अध्यक्ष सागर महर्जन भन्छन्, “बसपार्कमा सार्वजनिक शौचालयको आवश्यकता हो । यसै आर्थिक वर्षमा आवशयकता र चाहना अनुरुप वडाकै बजेटमा भएपनि निर्माण गरिने छ ।” बजारमा चोक चोकमा सार्वजनिक शौचालयको आवश्यकता रहेको उनी बताउँछन् । महर्जन् भन्छन्, “यसको लागि नगर सरकारले नै पहल गर्नु पर्दछ । वडाको वजेट सीमित हुन्छ अर्कोतर्फ समुदायले पनि जिम्मा लिनु पर्दछ ।” पानीको समस्याका कारण सार्वजनिक शौचालयको समस्या भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?