ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

भुतखोला र तिनाउ ड्याममा डुबेर दुईजनाको मृत्यु

भुतखोला र तिनाउ ड्याममा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेपनि स्थानीय र प्रदेश सरकारले दुर्घटना रोक्न पहल गरेको देखिंदैन ।
२१ कार्तिक २०८०, मंगलवार
२१ कार्तिक २०८०, मंगलवार

बुटवल,२१ कात्तिक । पाल्पाको तिनाउ गाउंपालिका दोभान क्षेत्रमा पर्ने भुतखोला र तिनाउ ड्याममा डुबेर दुई जनाको ज्यान गएको छ । तिनाउ ड्याममा भारतीय युवतीको र भुतखोलामा भैरहहववाका युवकको जयान गएको पाल्पा प्रहरीले जनाएको छ । तिनाउ गाउँपालिका वडा नं ३ भुतखोलामा डुुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ९ का विमल आचार्यको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठका अनुसार भुतखोलामा रहेको पर्यटकीय स्थल गहिरो दह मा डुबेका आचार्यको उपचारको लागि अस्पताल पु¥याएपनि अस्पतालले मृत घोषणा गरेको थियो । आचार्यसंगै घुम्न आएकी युना दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । भुतखोलामा घुम्न जाने मध्ये कतिपयको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको छ । यहां रहेको गहिरो दहमा डुबेकाहरुको ज्यान जाने गरेको छ । भारत उत्तर प्रदेश महगरकाजिपपुरकी २० वर्षीया शाहिस्ता प्रविणको तिनाउ जल विद्युतको ड्याममा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

फोटो खिच्ने क्रममा ड्याममा खसेकी प्रविणको प्रहरीले उद्धार गरि अस्पताल पु¥याउंदा चिकित्सकले मृत घोषणा गरेका पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

मृतकको शवलाई लुमिबनी अस्पतालमा राखिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक प्रविण शिक्षकहरु सहित २०–२५ जनाको टोलीमा भारतबाट घुम्न आएकी थिइन् । भुतखोला र तिनाउ ड्याममा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेपनि स्थानीय र प्रदेश सरकारले दुर्घटना रोक्न पहल गरेको देखिंदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?