© २०२३
बुटवल,२० कात्तिक । सन आउटडोर प्रा.लि.ले जाजरकोट र रुकुमका भूकम्प पीडितहरुका लागि ब्लाङकेट प्रदान गरेको छ । प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितका लागि तिलोत्तमा नगरपालिकालाई २० हजार रुपैयां मूल्य बराबरको ब्लाङकेट प्रदान गरेको हो । प्रालिका प्रबन्ध निर्देशक भक्तबहादुर खड्काले नयां व्यवसायिक प्रतिष्ठान भएपनि विपदका बेला सक्दो मानवीय सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग गरेको बताए । प्रालिबाट प्राप्त गरेको ब्लाङकेट तिलोत्तमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकमुष्ठ पठाउने छ ।