© २०२३
बुटवल, २० कार्तिक । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट रुपन्देही देवदहका सुरज खरेल अध्यक्ष पदमा सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।
६९ सदस्यीय कमिटीको उपाध्यक्षमा सुरेश भण्डारी,सचिवमा सन्तोष ओली,सह सचिवमा भुपाल शर्मा,सह सचिवमा सुधा ज्ञवाली,कोषाध्यक्षमा डेन्जिङ रायमाझी निर्वाचित भएका छन् ।
प्रदेश कमिटीमा रुपन्देहीबाट सुनिल सेन ओली,ईश्वर न्यौपाने, कृष्ण मल्ल ठकुरी,सन्त कुमार श्रेष्ठ,ध्रुव खरेल चन्द्रकान्त,रोशन खड्का,सुभाष छेत्री, विष्णु गिरी,श्रीधर दर्लामी मगर, शर्मिला जिसी रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष खरेलले संघलाई विगत भन्दा थप क्रियाशील बनाई जनरोकार,भ्रष्टाचार,बेथितिका मुद्दामा सरकारलाई खबरदारी गर्दै आगामी निर्वाचनमा नेकपा एमालेलाई वहुमत दिलाउने गरी सशक्त भूमिका खेल्ने बताए । उनले संघलाई जनमैत्री युवा संगठन बनाउने बताए ।