© २०२३
तिलोत्तमा, १९ कात्तिक ।
“चिदिपानी तिलोत्तमा समाज“ (सत्यवती गुल्मी) रुपन्देहीले राहत वितरण, जेष्ठ नागरिक सम्मान, अवलोकन भ्रमण कार्यकक्रम सम्पन्न गरेको छ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति समेत रहेका “चिदिपानी तिलोत्तमा समाज” (सत्यवती गुल्मी) संयोजक कृष्ण प्रसाद भट्टराई (खिम) ले तीनवटा कार्यक्रम एकसाथ सम्पन्न गरिएको बताए ।
गुल्मी सत्यवति –७ जुनियाँका वडा अध्यक्ष लोक बहादुर बुढाथोकीले समाजले अनुकरणीय काम गर्दै आइरहेको भन्दै प्रशंसा गर । त्यस अवसरमा समाजका सचिव ओम प्रकाश भण्डारी, राहत वितरणका सहसंयोजक गुरु प्रसाद भुसाल, समाजका सल्लाहकार दुर्गा प्रसाद भण्डारी, सह सचिव मोति लाल भण्डारी, समाजसेवी गंगा प्रसाद भण्डारी, फुलमाया भण्डारी, राम चन्द्र भुसाल, कृष्ण भट्टराई, बिष्णु बहादुर थापा, कृष्ण भण्डारी (भोज राज ), घनश्याम भट्टराई (श्याम), टिका भण्डारी, मिन प्रसाद भण्डारी, दीपक भण्डारी, छव बहादुर भण्डारी, विशाल भट्टराई, केशव प्रसाद भण्डारीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कर्मथलो भारतको मुम्बईदेखि घर आउने क्रममा ४४ बर्षीय भोजबहादुर सार्कीले ज्यान गुमाएको र उनको परिवारलाई निवासमै पुगेर राहत वितरण गरिएको हो ।
जेष्ठ नागरिक सम्मान
गुल्मी सत्यवती ७, जुनियाँ – चिदीपानी निवासी गाउँकै जेष्ठ नागरिक ९४ बर्षीय लिल बहादुर भण्डारीलाई समाजले सम्मान गरेको छ । उनकै निवास पुगी मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति तथा “चिदिपानी तिलोत्तमा समाज” (सत्यवती गुल्मी) संयोजक कृष्ण प्रसाद भट्टराई (खिम) को नेतृत्व मा सम्मान कार्यक्रम गरिएको हो ।