ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

सडक सचेतना र सुरक्षा आजको आवश्यकता

‘सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृति दिवस’ मा विविध सचेतना कार्यक्रम
१९ कार्तिक २०८०, आईतवार
१९ कार्तिक २०८०, आईतवार

बुटवल, १९ कात्तिक ।

संयुक्त राष्ट्र संघले घोषणा गरेको नोभेम्बर महिनाको तेस्रो आइतबार ‘सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृति दिवस’ रुपन्देहीमा विविध कार्यक्रम गरी मनाईने भएको छ ।

सुरक्षित यात्रा अभियान नेपाल, मिडिया एक्सन फर रोड सेफ्टी र रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२, रिजन ५ को संयुक्त आयोजनामा रुपन्देहीमा सचेतनामूलक अभिमुखीकरण, स्कुटी रयाली र मैनबत्ती प्रज्जवलन गरी सप्ताहब्यापी कार्यक्रम गरी मनाउने भएको हो ।

आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले सडक दुर्घटनाका कारण ज्यान गुमाएकाहरुको सम्झना र उक्त दुर्घटनाका कारण आफन्तले भोग्नुपरेको भावनात्मक तथा ब्यवहारिक परिणामको दुर्दशालाई न्युनीकरण गर्न सहयोग पुग्ने गरी विश्वभर नै नोभेम्बर तेस्रो आइतबार दिवस मनाईदै आएको बताए । रुपन्देहीमा विभिन्न सरोकारवाला संस्थाहरुको सहकार्यमा सुरक्षित यात्रा अभियान नेपाल र मिडिया एक्सन फर रोड सेफ्टीबाट विगत लामो समयदेखि सचेतना, अभिमुखीकरणका कार्यक्रम संचालन गरेको उनले बताए ।

मंसिर २ गते अनुशिक्षण तथा मंसिर ३ गते सडक दुर्घटनाहरुमा मृत्यु हुनेहरुको स्मृतिमा योगीकुटीबाट मणिग्राम र फेरि योगीकुटीसम्म सचेतनामूलक स्कुटी र्याली र साँझ दीप प्रज्जवलन कार्यक्रम गरिने उनले बताए । कार्यक्रममा सहभागी २ सय जना स्कुटी चालकलाई टिसर्ट र २५ जनालाई लक्की ड्र को आधारमा हेल्मेट वितरण गरिने उनले बताए ।

यसैगरी क्विज मार्फत १० जनालाई हेल्मेट वितरण गरिने उनले बताए । यो वर्ष बढीभन्दा बढी महिला स्कुटर चालक लक्षित गरी सडक सुरक्षाको विषयमा अनुशिक्षण, विद्यार्थीहरुलाई सुरक्षित सडक प्रयोगबारे अनुशिक्षण, सचेतनामुलक स्कुटर र्याली तथा पाँच सय बढी सरोकारवालाहरुको सहभागितामा मैनबत्ती प्रज्जवलन कार्यक्रम गर्ने उनले बताए ।

कार्यक्रममा मिडिया एक्सन फर रोड सेफ्टीका संयोजक स्वस्तिक श्रेष्ठले सडक सुरक्षा, यात्रु सुरक्षा, सचेतनासंग जोडेर अभियान चलाउने उद्देश्यका साथ वि.सं २०६६ सालमा स्थापना भएर निरन्तर कार्यक्रम गर्दै आएको बताए । दुर्घटनाको हिसाबमा लुम्बिनी प्रदेशमा प्रत्येक वर्ष साढे पाँचसय बढीले मृत्युवरण गरेको तथ्यांकमा देखिएको भन्दै यस विषयमा सरोकारवाला निकायको जागरुकता आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?